Kathmandu Press

नेपाल प्रहरी र वाणिज्य बैंकबीच बिनाधितो सरल कर्जाकाे समझदारी

काठमाडौं, असार १६ : नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंक लिमिटेडबीच नेपाल प्रहरीको तलबी बचत खाता सञ्चालन तथा बिनाधितो पेसाकर्मी सरल कर्जासम्बन्धी समझदारीपत्रमा...
नेपाल प्रहरी र वाणिज्य बैंकबीच बिनाधितो सरल कर्जाकाे समझदारी

काठमाडौं, असार १६ : नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंक लिमिटेडबीच नेपाल प्रहरीको तलबी बचत खाता सञ्चालन तथा बिनाधितो पेसाकर्मी सरल कर्जासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरिएको छ ।

प्रहरी प्रधान कार्यालय मानवस्रोत एवं प्रशासन विभागका प्रमुख प्रहरी अतिरीक्त महानिरीक्षक निरजबहादुर शाही र राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित एक कार्यक्रमबीच उक्त समझदारीपत्रमा हस्ताक्षर गरी आपसमा समझदारीपत्र आदानप्रदान गगरेका हुन्। 

नेपाल प्रहरीको तलबी बचत खाता आगामी पाँच वर्षका लागि थप सेवासहित नवीकरण गर्ने तथा विना धितो पेशाकर्मी सरल कर्जा उपलब्ध गराउने गरी उक्त समझदारीपत्रमा हस्ताक्षर भएको हो।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले कोभिड-१९ को विषम परिस्थितिमा प्रहरी कर्मचारीको स्वास्थ्य हितका लागि १० हजार थान सर्जिकल मास्क र स्यानिटाइजर हस्तान्तरण गरे।

उक्त कार्यक्रममा प्रहरी प्रधान कार्यालय आर्थिक प्रशासन तथा प्रबन्ध निर्देशनालय प्रमुख प्रहरी नायव महानिरीक्षक प्रकाश अधिकारी, प्रहरी वरिष्ठ उपरीक्षक दीपक थापा, राष्ट्रिय बाणिज्य बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी र ब्रान्च अप्रेसन विभागीय प्रमुख सरोज बस्नेतलगायतको उपस्थिति थियो। 

प्रकाशित मिति: १८:०६ बजे, बुधबार, असार १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्