Kathmandu Press

बलिउड अभिनेता नसिरूद्दिन शाह अस्पताल भर्ना

काठमाडौं, असार १६ : बलिउड अभिनेता नसिरूद्दिन शाह अस्पताल भर्ना भएका छन्। स्वास्थ्यमा समस्या आएपछि उनलाई मंगलबार मुम्बईको खार हिन्दुजा अस्पतालमा भर्ना गरिएको...
बलिउड अभिनेता नसिरूद्दिन शाह अस्पताल भर्ना

काठमाडौं, असार १६ : बलिउड अभिनेता नसिरूद्दिन शाह अस्पताल भर्ना भएका छन्। स्वास्थ्यमा समस्या आएपछि उनलाई मंगलबार मुम्बईको खार हिन्दुजा अस्पतालमा भर्ना गरिएको हो।

आज (बुधबार) उनकी पत्नी एवं अभिनेत्री रत्ना पाठक शाहले एक भारतीय सञ्चार माध्यमलाई जानकारी दिँदै ७० वर्षीय नसिरूद्दिन शाहलाई निमोनिया देखिएपछि उपचारका लागि अस्पताल लगिएको बताइन्। उनले भनेकी छन्,  ‘उहाँको अवस्थामा सुधार आइरहेको छ र चाँडै अस्पतालबाट छुट्टी मिल्नेछ।’

Hardik ivf

नसिरूद्दिन शाहले अभिनय जीवनको शुरुवात सन् १९७५ मा श्याम बेनेगलको ‘निशांत’ बाट गरेका थिए। ७० देखि ८० को दशकमा उनी चर्चामा थिए। 

उनले स्पर्श, जाने भी दो यारो, इस्कियाँ, द डर्टी पिक्चर, मासुम, मिर्च मसालालगायत फिल्ममा काम गरेका छन्।

एक सयभन्दा बढी फिल्ममा काम गरिसकेका नसिरुद्दिन शाहले तीन राष्ट्रिय पुरस्कारसमेत जितेका छन्।

प्रकाशित मिति: १७:४३ बजे, बुधबार, असार १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्