युनियन लाइफ इन्स्योरेन्सले असार २४ देखि आइपिओ निष्कासन गर्ने
काठमाडौं, असार १६ युनियन लाइफ इन्स्योरेन्सले असार २४ गतेदेखि आइपिओ निष्कासन गर्ने भएको छ।प्रतिकित्ता सय रुपैयाँ अङ्कित मूल्यमा ६४ करोड २० लाख रुपैयाँ बराबरको...
काठमाडौं, असार १६ युनियन लाइफ इन्स्योरेन्सले असार २४ गतेदेखि आइपिओ निष्कासन गर्ने भएको छ।
प्रतिकित्ता सय रुपैयाँ अङ्कित मूल्यमा ६४ करोड २० लाख रुपैयाँ बराबरको सेयर निष्कासन गर्न लागिएको हो।
जसअनुसार ६४ लाख ५० हजार कित्ता सेयर निष्कासन गरिनेमा ३ लाख २२ हजार ५ सय कित्ता कर्मचारीका लागि र ३ लाख २२ हजार ५ सय कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित गर्ने जनाइएको छ।
त्यसपछि बाँकी हुन आउने ५८ लाख ५ हजार कित्ता सेयरमा सर्वसाधारणाका लागि बिक्री खुला हुनेछ।
छिटोमा असार २८ र ढिलोमा साउन ७ गतेसम्म आईपिओका लागि आवेदन दिन सकिने जनाइएको छ। आइपिओ चाहनेले न्यूनतम १० कित्तादेखि ३२ हजार २ सय ५० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।
कम्पनीले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई चुनेको छ। सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आयपिओका लागि आवेदन दिन सकिनेछ।











