सबै म्यानपावर कम्पनीको इजाजत नवीकरण हुने
काठमाडौं, असार १६ : सबै म्यानपावर कम्पनीको इजाजत नविकरण हुने भएको छ। सरकारले म्यानपावर कम्पनी नविकरण गर्ने बाटो खोलेको छ। मन्त्रिपरिषद् बैठकले वैदेशिक रोजगार ऐन,...
काठमाडौं, असार १६ : सबै म्यानपावर कम्पनीको इजाजत नविकरण हुने भएको छ। सरकारले म्यानपावर कम्पनी नविकरण गर्ने बाटो खोलेको छ।
मन्त्रिपरिषद् बैठकले वैदेशिक रोजगार ऐन, २०६४ को दफा ८२ प्रयोग बाधा अड्काउ फुकाउ आदेश जारी गरी म्यानपावर कम्पनीको इजाजतपत्र नवीकरण हुने व्यवस्था गरेको हो। यो आदेशसँगै सात सय ३१ वटा म्यानपावर कम्पनी खारेजी हुनबाट जोगिएका छन्।
विभागका अनुसार अहिले आठ सय ५४ वटा कम्पनी सञ्चालनमा छन्। नियमित प्रक्रियाबाट नविकरण गर्नका लागि वैदेशिक रोजगार विभागले सूचना प्रकाशन गरेको छ। अब कम्पनीले प्रत्येक वर्ष असार मसान्तभित्र नवीकरण गराउनुपर्ने व्यवस्था गरिएको छ।
कोभिड–१९ का कारण वैदेशिक रोजगारी जानेको संख्या घटेपनि म्यानपावर कम्पनीले नविकरण गर्न सकेका थिएनन्। नविकरण गर्न कम्तिमा दुई सय जनालाई वैदेशिक रोजगारी पठाएको प्रमाण आवश्यक पर्छ। कोरोना भाइरसको महामारीका कारण सात सय ३१ कम्पनीले दुई सय संख्या पुर्याउन सकेका थिएनन्।











