Kathmandu Press

विश्वकपमा भारत हार्दा पाकिस्तानलाई घाटा

काठमाडौं, असार १६ : भारत र पाकिस्तानमात्रै होइन, उनीहरूका फ्यान पनि एक–अर्कालाई हराउन चाहन्छन्। हिजो राति भएको विश्वकपकाे खेलमा भने पाकिस्तानका ....

विश्वकपमा भारत हार्दा पाकिस्तानलाई घाटा
एजेन्सी

काठमाडौं, असार १६ : भारत र पाकिस्तानमात्रै होइन, उनीहरूका फ्यान पनि एक–अर्कालाई हराउन चाहन्छन्। हिजो राति भएको विश्वकपकाे खेलमा भने पाकिस्तानका फ्यान पनि भारतको समर्थनमा थिए। पाकिस्तानी खेलाडी पनि भारतले जिताेस भन्ने चाहन्थे। तर, भारतले ३१ रनले हार्‍यो, इग्ल्यान्डले जित्यो।

भारतको हारले भारतलाई भन्दा बढी घाटा भने पाकिस्तानलाई नै लाग्यो। किनकि हिजोको खेल भारतले जितेको भए इग्ल्यान्ड सेमिफाइनलको यात्राबाट बाहिरिने थियो। त्यो ठाउँमा पाकिस्तान आउन सक्थ्यो। तर, हिजो भारतले हार्दा इग्ल्यान्डको सेमिफाइनल पुग्ने सम्भावना बलियो भएको छ।

अहिले अंक तालिकामा अष्ट्रेलिया १४ अंकसहित शीर्षस्थानमा छ र सेमफिाइनलमा प्रवेश गरिसकेको छ। दोस्रो स्थानमा भारत छ, उसको ११ अंक छ। अझै दुई खेल बाँकी छन्। भारतको रनरेट पनि राम्रो छ, ०.८५४ छ।

जितपछि इग्ल्यान्डका खेलाडी।

तेस्रो स्थानमा ११ अंकसहित न्यूजिल्यान्ड छ। उसको एक खेलबाँकी छ, जुन इग्ल्यान्डसँग हुनेछ। न्यूजिल्यान्डको पनि रनरेट राम्रो छ, ०.५७२ छ। अब इग्ल्यान्डसँग हारेपनि रनरेटका आधारमा न्यूजिल्यान्ड सेमिफाइनल प्रवेश गर्नेछ।

त्यस्तै, हिजोको जितसँगै इग्ल्यान्ड पनि १० अंकसहित चौथो स्थानमा पुगेको छ। उसले न्यूजिल्यान्डलाई जितेपछि १२ अंकसहित सेमिफाइनलमा प्रवेश गर्नेछ। तर, हिजो हारेको भए, अब न्यूजिल्यान्डसँग जिते पनि १० अंकमै रहने थियो। जसको फाइदा पाकिस्तानलाई हुने थियो।

अहिले ९ अंकसहित पाकिस्तान अंक तालिकाको पाँचौ स्थानमा छ। पाकिस्तानको रनरेट माइनस ०.७९२ छ। पाकिस्तानले अब बंगलादेशसँगको खेल जितेपनि रनरेटका आधारमा अगाडि जानसक्ने सम्भावना छैन।

त्यसैले हिजो भारतले हार्दा सबैभन्दा बढी घाटा पाकिस्तानलाई लाग्यो। पाकिस्तानी फ्यान भारतको हारमा दुःखी बने।

भारत हारेपछि निराश पाकिस्तानी समर्थक।

हिजोको खेलमा टस जितेर इग्ल्यान्डले ब्याटिङ गरेको थियो। जोनी ब्रेसट्वको एक सय ११, बेन स्ट्रोक्सको ७९, ज्यासन रोयको ६६, जोय रुटको ४४ रनको मद्दतले इग्ल्यान्डले सात विकेटको क्षतिमा तीन सय ३७ रन बनाएको थियो। भारतका लागि मोहम्द समीले पाँच र जस्प्रित बुम्राहले एक विकेट लिए।

तीन सय ३८ रनको विजय लक्ष्य पछ्याउने क्रममा भारत पाँच विकेटको क्षतिमा तीन सय ६ रनमै रोकियो। भारतका लागि रोहित शर्माले एक सय दुई, बिराट कोह्लीले ६६ र महेन्द्रसिंह धोनीले ४४ रन बनाएपछि सुरुआत र अन्त्यतिर सुस्तरी खेल्दा जित हासिल गर्न सकेन्।

सुरुआत र अन्त्यतिर भारतीय खेलाडी हार्ने निश्चित भएजस्तै गरी खेलिरहेका थिए।

आजको खेल श्रीलंका र वेस्ट इन्डिजबीच हुनेछ।

 

प्रकाशित मिति: ११:१७ बजे, सोमबार, असार १६, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्