भन्सार छलेर ल्याइएका कम्प्युटर पार्टस बरामद
पर्सा, असार १४ : वीरगन्ज महानगरपालिका-१६ नगवास्थित सडकबाट भन्सार छलि ल्याउँदै गरेको करिब १७ लाख रुपैयाँ बराबरको ४९ पीस सिपियू र ७८ थान...
पर्सा, असार १४ : वीरगन्ज महानगरपालिका-१६ नगवास्थित सडकबाट भन्सार छलि ल्याउँदै गरेको करिब १७ लाख रुपैयाँ बराबरको ४९ पीस सिपियू र ७८ थान हार्ड डिक्स सोमबार दिउँसो प्रहरीले बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट डियुटीमा खटिएको प्रहरीलाई देख्नासाथ अपरिचित व्यक्तिहरुले भन्सार छलेर ल्याउँदै गरेको उक्त पार्टसहरु छोडी फरार भएपश्चात प्रहरीले बरामद गरेको हो।
बरामद सामानहरु आवश्यक कारवाहीको लागि वीरगंज भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
प्रकाशित मिति: १८:३० बजे, सोमबार, असार १४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











