Kathmandu Press

घरभाडामा सहुलियत प्रदान गर्न पोखरा पर्यटन परिषद्को आग्रह

पोखरा, असार १४ : कोभिड १९ का कारण पर्यटन व्यवसाय ठप्प भएपछि व्यवसायीलाई घरभाडा सहुलियत गर्न घरजग्गा धनीलाई पोखरा पर्यटन परिषद्ले आग्रह गरेको...
घरभाडामा सहुलियत प्रदान गर्न पोखरा पर्यटन परिषद्को आग्रह

पोखरा, असार १४ : कोभिड १९ का कारण पर्यटन व्यवसाय ठप्प भएपछि व्यवसायीलाई घरभाडा सहुलियत गर्न घरजग्गा धनीलाई पोखरा पर्यटन परिषद्ले आग्रह गरेको छ।

परिषद्ले एक विज्ञप्ति जारी गर्दै बैंकबाट करोडौको ऋण लिएर व्यवसायमा  लगानी गरेका व्यवसायीहरु विद्यमान परिस्थितिले व्यवसायबाट पलायन हुने अवस्था सृजना भएको जनाउँदै  व्यवसायीलाई पलायन हुनबाट रोक्न घरभाडा सहुलियत गर्न आग्रह गरिएको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘कोभिड १९ को असर पूर्ण रुपमा हटेर पर्यटकीय गतिविधि सूचारु नभएसम्म  कम्तीमा ५० प्रतिशत सहुलियत प्रदान गरी व्यवसायीलाई पलायन हुनबाट जोगाउन घरधनीलाई परिषद अपिल गर्दछ।’

गत वर्ष चैत ११ गतेबाट शुरु गरिएको बन्दाबन्दी सरकारले २०७७ असारबाट केही खुकुलो बनाउँदै लगेपछि छिटफुट रुपमा आन्तरिक पर्यटनका गतिविधि हुन थालेका थिए।

पुनः दोस्रो चरणको भेरियन्ट देखिएपछि २०७८ वैशाखको १५ बाट सरकारले निषेधाज्ञा जारी गरे पश्चात पर्यटन क्षेत्र पूर्ण रुपमा ठप्प छ।

प्रकाशित मिति: १८:१२ बजे, सोमबार, असार १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्