Kathmandu Press

आज शेयर बजारमा विक्रेता हावी

काठमाडौं, असार १५ : आज बजार खुलेदेखि नै निरन्तर घटेको थियो। आज बजारमा पहिरो आकृत्ति निर्माण  भएको थियाे र बजार ‘ईण्ट्राडे लो’ मा....

आज शेयर बजारमा विक्रेता हावी

काठमाडौं, असार १५ : आज बजार खुलेदेखि नै निरन्तर घटेको थियो। आज बजारमा पहिरो आकृत्ति निर्माण  भएको थियाे र बजार ‘ईण्ट्राडे लो’ मा बन्द भयाे।  ‘ईण्ट्राडे लो’ले  बजारमा बिक्रीकर्ता नै हावी नै हुनसक्ने लक्षण देखाउँछ।  

आज साताको पहिलो कारोवार दिन आइतबार  नेप्से परिसूचक १२ दशमलव २७ले  घटेर १२४४ दशमलव ८९को विन्दुमा पुगेको छ। दोश्रो बजार परिसूचकमा ० दशमलव ९८ प्रतिशतको गिरावट देखिएको छ। दोश्रो बजार १२५७ दशमलव १६को विन्दुमा खुलेको थियो भने १२५८ दशमलव ८५ को उच्च विन्दुसम्म पुगेको थियो। 

आज बजारको न्यून विन्दु १२४४ दशमलव ८० थियो। दिन भरमा ६४ करोड ५० लाखको शेयर किनबेच भएको छ। 

Hardik ivf

आज बजारको अवस्था

आज सर्वाधिक कारोवार हुने 
आज सबैभन्दा धेरै ग्लोबल आईएमई बैङ्क लिमिटेडको संस्थापक शेयर किनबेच भएको छ। ग्लोबल आईएमई बैङ्क लिमिटेडको १० करोड ३८ लाख बराबरको शेयर किन बेच भएको छ। 


आज सर्वाधिक कमाउने र गुमाउने 
आज स्वाभिमान लघुवित्तका शेयरधनीले सर्वाधिक ९ दशमलव ७१ प्रतिशतले कमाए भने रैराङ्ग  हाईड्रोपावरका शेयरधनीले सर्वाधिक ६ दशमलव ९५ प्रतिशतले गुमाए। 

मूल्य समायोजन गतिविधि
५ प्रतिशत बोनस शेयर प्रयोजनार्थ आईएमई जनरल इन्स्योरेन्सको शेयर मूल्य समायोजन भएको छ।

शेयर सूचीकरण 
माहुली सामुदायिक लघुवित्तको बोनस शेयर नेप्सेमा सुचिकृत भएका छन्।  

प्राविधिक बिश्लेषण
अघिल्लो कारोबार दिनको निश्कर्ष अनुसार, तत्कालिन टेवा १२५३ देखि १२५५ मा रहेको र यो टेवा क्षेत्रभन्दा बजार तल स्थिर रहेमा बजार अझ केहि सच्चिन सक्ने देखिन्छ भनिएको थियो। आज बजारले यो टेवालाई तोडेको छ र बजार सच्चि रहेको देखिन्छ। आज नेप्से परिसूचक १२४४ दशमलब ८९ अंकमा बन्द भएको छ। 

दैनिक मैनबत्ती प्रवृत्ति 
नेप्सेको दैनिक मैनबत्ती प्रवृत्ति वमोजिम आज बजार टेवा क्षेत्रभन्दा तल रहेको देखिन्छ। आजको मैनबत्तीले वियरिस मारुबोजु आकृति बनाएको छ। यसले अर्को कारोबार दिनमा पनि बजार केहि सच्चिन सक्ने संकेत गर्दछ। परिमाणले, आज बजारमा विक्रेताको चाप रहेको संकेत गरेको छ। 

५ मिनेट मैनबत्ती प्रवृत्ति
दुई दिनको कारोबार कस्तो रह्यो भनि हेर्नलाइ ५ मिनेट समयावधिको मैनबत्तीहरुलाई प्रयोग गरिएको छ। केहि दिनदेखि प्रवृत्तिहिन रहेको बजार आज घट्दो प्रवृत्तिमा रहेको छ।

२१ र ५० समयावधिको एक्सपोनेन्सियल मुभिङ्ग एभरेज (ईएमए)हरु एकआपसमा फराकिलो हुंदै गएको र नेप्सेको प्रवृत्ति यी ईएमएहरुभन्दा तल रहेकोले बजारमा विक्रेता हावी रहेको र बजार घट्दो प्रवृत्तिमा रहेको देखिन्छ। रिलेटिभ स्टे«न्थ इन्डेक्स (आरएसआई) ८ दशमलब ५२ अंकमा रहेको छ। आरएसआई र स्टोकास्टिक अक्सिलेटरले बजारमा शेयर बढी विक्री भएको र बजार सकारात्मक भै हाल्ने संकेत गरेको भने देखिन्दैन। 

निश्कर्ष: माथि उल्लेखित छोटो समयको नेप्से प्रवृत्तिहरु र सूचकहरुको आधारमा  बजार तुरुन्तै सकारात्मक भई हाल्ने संकेत देखिन्दैन। त्यसैले बजारबाट हुन सक्ने जोखिम कम गर्नलाई सूचक र बजार प्रवृत्तिको अर्को सकारात्मक संकेत पर्खनु पर्ने देखिएकोले हाल ‘पर्ख र हेर‘को रणनीति अपनाउनु उपयुक्त देखिन्छ। हालको तत्कालिन प्रतिरोध १२५३ मा रहेको देखिन्छ भने टेवा १२२० देखि १२३० को क्षेत्रमा रहेको देखिन्छ।


 

प्रकाशित मिति: १८:२२ बजे, आइतबार, असार १५, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्