Kathmandu Press

भोका मुसरहकाे आँसु पुछ्न महाेत्तरी पुगे अभिनेता पल शाह

महोत्तरी, असार १४ : विदेशमा बस्ने नेपालीले पठाएका सहयोग कलाकार नायक पल शाहले महोत्तरीको अति विपन्न मुसहर बस्तीमा पुर्याएका छन्।  वैदेशिक रोजगारीमा रहेका नेपालीले...
भोका मुसरहकाे आँसु पुछ्न महाेत्तरी पुगे अभिनेता पल शाह

महोत्तरी, असार १४ : विदेशमा बस्ने नेपालीले पठाएका सहयोग कलाकार नायक पल शाहले महोत्तरीको अति विपन्न मुसहर बस्तीमा पुर्याएका छन्।  

वैदेशिक रोजगारीमा रहेका नेपालीले संयुक्त अरब इमिरेट्सबाट पठाएका सहयोग कलाकार शाहले महोत्तरीको गौशाला नगरपालिका-१० भरतपुरस्थित अति विपन्न मुसहर बस्तीमा पुर्याएका हुन्।

Hardik ivf

कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको निषेधाज्ञाका कारण रोजगारी गुमाएर भोकभोकै बस्न बाध्य सो बस्तीका सय घर मुसहरले जिो (आइतबार) कलाकार शाहबाट खाद्यान्न राहत पाएका हुन्।

कलाकार शाहले प्रतिपरिवार चामल २० किलोग्राम, दाल एक किलोग्राम, खानेतेल एक लिटर, नुन एक किलो, हातधुने साबुन २ वटा, सेनिटाइजर तथा मास्कलगायत स्वास्थ्य सामग्रीसहितको राहत उनीहरुलाई वितरण गरेका हुन्।

दुबईमा बस्ने दाई आशिष पुरुषसहितका सहयोगी मनले महाव्याधिको चपेटामा परेर खानै मुश्कील परेकालाई तत्काल आँसु पुछी दिन गरेका अनुरोधसहितको सहयोग रकमबाट राहत वितरण गरिएको कलाकार शाहले स्पष्ट पारे।

भोकले ससाना नानी रुँदा नसुनेजस्तो गरेर मुन्टाे फर्काउनुपर्ने अवस्था अब केही दिनलाई हराएको राहत पाउने मुसहरले बताए। ‘हामी भोकभोकै थियौं, नजिकका कोही आएनन्,’ बस्तीकी मङ्गली सादा मुसहरले भन्नुभयो, ‘टाढाका भए पनि हिरो (नायक पल शाह) ले सम्झनुभएछ।’ 

भरतपुरकै बासिन्दा वीरगन्ज टेलिभिजनका प्रबन्धक दीपेश श्रेष्ठको समन्वयमा मुसहर बस्ती पुग्नु भएका कलाकार शाहले भोकाहरुको आँसु पुछ्न आपूm आइरहने र थप सहयोग जुटाउन पहल गरिरहने बताए।

एक साताअघि गौशाला-४ मल्हनियाँपोखरीचोकका ४३ परिवार मुसहरलाई अरब राष्ट्रतिर काममा रहेका ८० नेपाली युवाले पठाएका सहयोगले राहत बाँडिएको थियो। सो सहयोगबाट जिल्लाका १ सय ८ परिवार गरिबलाई राहत दिने लक्ष्य रहेको समन्वयकर्ता टाइगर सेवा समाजले जनाएको छ।

प्रकाशित मिति: १४:२७ बजे, सोमबार, असार १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्