पठाओ फुडमा ३० प्रतिशतसम्म छुट
काठमाडौं, असार १३ : पठाओ फुडले विभिन्न रेस्टुरेन्टको फुड मेनुमा तीस प्रतिसत सम्म छुट र डेलिभरीमा भारी छुट लगायतका अफर उपलब्ध गराउने भएको...
काठमाडौं, असार १३ : पठाओ फुडले विभिन्न रेस्टुरेन्टको फुड मेनुमा तीस प्रतिसत सम्म छुट र डेलिभरीमा भारी छुट लगायतका अफर उपलब्ध गराउने भएको छ ।
लामो समयको निषेधाज्ञाले गर्दा होटल तथा रेस्टुरेन्टको परिकारका स्वादबाट बन्चित खानाका पारखीहरुले अब अफरको सदुपयोग गरि आफ्नो रोजाइको रेस्टुरेन्टबाट आफ्नो रुचिको परिकार घर तथा अफिसमै भारी छुटका साथ डेलिभरी गराउने भएको हो । फुड अर्डर गरेको बढिमा ४५ मिनेट भित्र डेलिभरी हुने पठाओ नेपालका क्षेत्रीय निर्देशक असिममान सिंह बस्न्यातले जानकारी दिए ।
पठाओको फुड डेलिभरी सेवाग्राही मैत्री भएको बस्न्यात बताउँछन्। विभिन्न रेस्टुरेन्टको फुड मेनुमा तीस प्रतिसत सम्म छुट र डेलिभरीमा भारी छुट लगायतका अफर उपलब्ध गराउने उनले बताए ।
उनी भन्छन् फुडम्यानको लाइभ ट्रयाकिङ गर्न सकिने र एकै पटक तीन फरक रेस्टुरेन्टबाट अर्डर गर्न सकिने भएकाले सेवाग्राहीलाई सहज हुन्छ। साथै हामी स्वास्थ्य सुरक्षाका सावधानीमा पनि सजग छौँ ।











