Kathmandu Press

स्टार्क चम्किएपछि अष्ट्रेलियाको सहज जित

काठमाडौं, असार १५ : मिचेल स्टार्क चम्किएपछि अष्ट्रेलियाले न्यूजिल्यान्डलाई सहजै पराजित गरेको छ।

टस जितेर ब्याटिङ रोजेको अष्ट्रेलियाले राम्रो....

स्टार्क चम्किएपछि अष्ट्रेलियाको सहज जित

काठमाडौं, असार १५ : मिचेल स्टार्क चम्किएपछि अष्ट्रेलियाले न्यूजिल्यान्डलाई सहजै पराजित गरेको छ।

टस जितेर ब्याटिङ रोजेको अष्ट्रेलियाले राम्रो सुरुआत गर्न सकेन्। उस्मान खवाजाबाहेक कसैले पनि राम्रोसँग खेल्न सकेनन्। खवाजाको ८८ रन मद्दतले अष्ट्रेलियाले नौ विकेटको क्षतिमा दुई सय ४३ रन बनायो।

न्यूजिल्यान्डका ट्रेन्ट बोल्टले ह्याट्रिक लिए। उनले उस्मान खवाजा, मिचेल स्टार्क र ज्यासन बेरेन्डफलाई अन्तिम ओभरमा आउट गरे। उनले दश ओभरमा ३५ रन खर्चेर चार विकेट लिए।

प्रतिउत्तरमा न्यूजिल्यान्डले राम्रो सुरुआत गरेको थियो। तर, मिचेल स्टार्क चम्किएपछि लगातार विकेट झर्दै गए। स्टार्कले पाँच विकेट लिए।
जसले गर्दा न्यूजिल्यान्ड ४३.४ ओभरमा एक सय ५७ रनमै खुम्चियो।

यो जितसँगै १४ अंंकसहित अष्ट्रेलिया अंक तालिकको शीर्षस्थानमा पुगेको छ।

आजको खेल भारत र इग्ल्यान्डबीच हुनेछ। भारत सेमिफाइनलमा आफ्नो सिट सुरक्षित राख्न र इग्ल्यान्ड सेमिफाइनलको सम्भावना जिवितै राख्न मैदानमा उत्रिनेछन्।

प्रकाशित मिति: ११:४५ बजे, आइतबार, असार १५, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्