Kathmandu Press

अन्तिम ओभरमा पाकिस्तानको रोमाञ्चक जित

काठमाडौं, असार १५ : आईसीसी विश्वकपको हिजो राति भएको खेलमा पाकिस्तानले अफगास्थिानमाथि अन्तिम ओभरमा रोमाञ्चक जित हासिल गरेको छ।

टस जितेर ब्याट....

अन्तिम ओभरमा पाकिस्तानको रोमाञ्चक जित

काठमाडौं, असार १५ : आईसीसी विश्वकपको हिजो राति भएको खेलमा पाकिस्तानले अफगास्थिानमाथि अन्तिम ओभरमा रोमाञ्चक जित हासिल गरेको छ।

टस जितेर ब्याटिङ रोजेको अफगानिस्तानले नौ विकेटको क्षतिमा दुई सय २७ रन बनाएको थियो। अस्गर अफगानले ४२ र रहमत शाहले ३५ बनाए। अन्य खेलाडीले राम्रोसँग खेल्न सकेनन्।

पाकिस्तानका लागि सहिद शाह अफ्रिदीले चार, इमाद वासिम र वाहाव रियाजले दुई दुई विकेट लिए।

प्रतिउत्तरमा पाकिस्तानको सुरुआत राम्रो रहेन्। अफगानिस्तानका बलरले दवावमा राखे।

शून्यमै पहिलो विकेट गुमाएको पाकिस्तानका टप अर्डर ब्याट्सम्यान असफल रहे। मध्यमक्रमका इमाद आसिमले ४९ रन बनाए। सात विकेट गुमाएपछि हार नजिक पुगेको पाकिस्तानलाई वाहाव रियाजले जित दिलाए। उनले नौ बलमा एक छक्का र एक चौका प्रहार गर्दै १५ रन जोडेपछि दुई बल बाँकी छदै पाकिस्तानले जित हासिल गर्‍यो।

यो जितसँगै पाकिस्तानको सेमिफाइनल पुग्ने आशा जिवितै रहेको छ।

प्रकाशित मिति: १०:४९ बजे, आइतबार, असार १५, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्