माथिल्लो तामाकोसी आयोजनको उत्पादन परीक्षण भोलिबाट
काठमाडौं, असार १२ : माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको भोलि (आइतबार) बाट उत्पादन परीक्षण हुने भएको छ।राष्ट्रिय गौरवअन्तर्गत पर्जे उक्त आयोजनाको आंशिक रुपमा उत्पादन...
काठमाडौं, असार १२ : माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको भोलि (आइतबार) बाट उत्पादन परीक्षण हुने भएको छ।
राष्ट्रिय गौरवअन्तर्गत पर्जे उक्त आयोजनाको आंशिक रुपमा उत्पादन परीक्षण गर्न लागिएको आयोजना कार्यालयको भनाइ छ।
४ सय ५६ मेगावाटको उक्त आयोजनाबाट सुरुमा ७६ मेगावाट क्षमताको पहिलो युनिटबाट विद्युत उत्पादन परीक्षण गर्न लागिएको जनाइएको छ।
आयोजना कार्यालयका अनुसार कुनै समस्या नआए भोलिबाट उत्पादित विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोड्ने सकिनेछ।
कोरोनाका कारण केही समय स्थगित बनेको काम अहिले जारी छ। नेपालमा उत्पादित विद्युत् अपुग हुँदा भारतबाट आयात हुँदै आएको छ।
तर यो आयोजनाबाट पूर्ण क्षमतामा विद्युत उत्पादन हुन थाले सम्भवतः आयात नै गर्नुनपर्ने स्थिति बन्ने आँकलन गरिँदै आएको छ।
प्रकाशित मिति: १२:४७ बजे, शनिबार, असार १२, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











