Kathmandu Press

कोशी गाउँपालिकाको बजेट ४८ करोड

इनरुवा, असार १० : सुनसरीको कोशी गाउँपालिकाले आर्थिक वर्ष २०७८÷०७९ का लागि रु ४८ करोडको बजेट, योजना, नीति तथा कार्यक्रम सर्वजनिक गरेको छ । गाउँपालिकाका...
कोशी गाउँपालिकाको बजेट ४८ करोड

इनरुवा, असार १० : सुनसरीको कोशी गाउँपालिकाले आर्थिक वर्ष २०७८÷०७९ का लागि रु ४८ करोडको बजेट, योजना, नीति तथा कार्यक्रम सर्वजनिक गरेको छ । 

गाउँपालिकाका अध्यक्ष अयुव अंसारीले आठौं गाउँसभामा बुधबार रु ४८ करोड २ लाख ७३ हजारको बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन्। 

विनियोजित रकममध्ये चालु खर्चतर्फ रु २५ करोड ५० लाख ७३ हजार र पुँजीगत खर्चतर्फ रु २२ करोड ५२ लाख निर्धारण गरिएको उनले जानकारी दिए। 

अध्यक्ष अन्सारीका आुसार ‘पर्याप्त पूर्वाधार, गाउँमै रोजगार, कृषि र पर्यटन समृद्धिको आधार’ भन्ने मूल नाराका साथ आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ।

‘गाउँमा दिगो भौतिक पूर्वाधार, कृषि र पर्यटन समृद्धिको आधार’ भन्ने लक्ष्यका साथ प्रत्येक वडामा गाउँका कच्ची सडकलाई कल्भर्ट, ह्युमपाइपसहित ग्राभेल सडकमा स्तरोन्नती गरिने नीति लिएको बताउँदै उनले ‘एक वडा एक गौरव योजना’ कार्यक्रमअन्तर्गत प्रत्येक वडामा कम्तिमा रु पाँच करोड लागतको एउटा योजना पहिचान गरी कार्यान्वयन गर्ने नीति लिएको जानकारी दिए। 

गाउँपालिकाले ‘एक वडा एक खेल मैदान’ को अवधारणा अनुसार गाउँपालिकाभित्र रहेका ऐलानी÷सार्वजनिक जग्गालाई संरक्षण गरी खेल मैदान तथा पार्कका रूपमा विकास गर्ने निति लिएको छ। गाईभैंसी सुन्दरी प्रतियोगितालाई निरन्तरता दिदैं गाउँपालिकाले किसानको मनोबल उच्च पार्न सहभागी कृषकलाई पुरस्कार समेत वितरण गरिने योजना ल्याएको अध्यक्ष अंसारीको भनाइ छ। 

सभामा वर्षभर उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै गाउँपालिकाका तीन जना कर्मचारीलाई नगदसहित पुरस्कृत गरिएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र गिरी, नायब सुब्बा राजकिशोर मेहता र प्राविधिक मुन्ना ठाकुरलाई पुरस्कृत गरिएको गाउँपालिकाका उपाध्यक्ष अनितादेवी यादवले जानकारी दिइन्। 

उनका अनुसार प्रमुख प्रशासकीय अधिकृत गिरी र नायब सुब्बा मेहतालाई सम्मानपत्रसहित नगद रु एक लाख तथा प्राविधिक ठाकुरलाई नगद रु २५ हजार सहित पुरस्कृत गरिएको छ। 

त्यस्तै चालु आर्थिक वर्षमा सबैभन्दा बढी राजस्व असुली गर्ने कोशी गाउँपालिका वडा नं १ लाई समेत पुरस्कृत गरिएको छ।
 

प्रकाशित मिति: १३:३९ बजे, बिहीबार, असार १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्