Kathmandu Press

सुनको मूल्य २०० रुपैयाँले घट्यो

काठमाडौं, असार १० : बिहीबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घटेको छ । आज सुन प्रतितोला २०० रुपैयाँले घट्दै ९० हजार ५००...
सुनको मूल्य २०० रुपैयाँले घट्यो

काठमाडौं, असार १० : बिहीबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घटेको छ । आज सुन प्रतितोला २०० रुपैयाँले घट्दै ९० हजार ५०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

बुधबार प्रतितोला ३०० रुपैयाँले घट्दै सुन ९० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार आज यता तेजाबी सुनको मूल्य समेत घटेर ९० हजार रुपैयाँमा झरेको छ । 

चाँदीको मूल्य भने गत बुधबारकै मूल्यमा कायम हुँदै एक हजार २९५ रुपैयाँमै कारोबार भएको महासंघले जनाएको छ। 
 

प्रकाशित मिति: ११:३४ बजे, बिहीबार, असार १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्