तीन फरक अवतारमा लियोनार्दो डिकेप्रियो
क्वैंटिन टैरेंटिनोको नयाँ फिल्म ‘वान्स अपन अ टाइम इन हलिउड’ को केही नयाँ फोटोहरू हलिउड म्यागाजिन वैनिटी फैयरले सार्वजनिक गरेको छ ।
यो फिल्मका कला....

क्वैंटिन टैरेंटिनोको नयाँ फिल्म ‘वान्स अपन अ टाइम इन हलिउड’ को केही नयाँ फोटोहरू हलिउड म्यागाजिन वैनिटी फैयरले सार्वजनिक गरेको छ ।
यो फिल्मका कलाकार लियोनार्दो डिकेप्रियोले पनि आफ्नो ट्वीटर अकाउंटमार्फत ३ फोटोहरु सेयर गरेका छन् ।
पहिलो फोटोमा उनी अरु २ कलाकरसँग कुरा गरिरहेको देखिन्छ । दोस्रोमा उनको एक्सन अवतार र तेस्रो फोटोमा उनी केही महिला डान्सरहरुसँग नाँच्दै गरेको देखिन्छन् ।
२६ जुलाईमा रिलिज हुन लागेको यो फिल्म १९६९ मा भएको मैन्सन फैमिली हत्यामा आधारित छ । फिल्ममा लियोनार्दोको दोहोरो भूमिका छ ।
उनी बाहेक फिल्ममा ब्रैड पिट, मार्गोट राबी, अल पचीनो, ब्रूस डर्न, डकोटा फैनिंग, टिम राथ, माइकल मैडसन, कर्ट रसैल र टिमोथी ओलिफैंटजस्ता कलाकारको पनि भूमिका छ ।