Kathmandu Press

रोपाइँको रौनक (फोटो फिचर)

असार पहिलो साता बित्दा नबित्दै पाल्पाका फाँटहरूमा रोपाइँ सकिँदैछ । अन्नभण्डारका रूपमा चिनिनेमाडी फाँटका ढाब, दह मात्र होइन, अन्यत्रसमेत रोपाइँ सुरु भइसकेको छ। बाँसटारी, झडेवा र रामपुरका केही भेगमा रोपाइँ सुरु भएको छ।
रोपाइँको रौनक (फोटो फिचर)

पाल्पा, असार ९ : सामान्यतया असार लागेपछि मात्र हली, रोपाहार र बाउसेको रौनक सुरु हुन्छ, खेतहरूमा। तर, यस वर्ष जेठ अन्तिम सातादेखि नै सुरु भएको थियो, धान रोपाइँ।

असार पहिलो साता बित्दा नबित्दै पाल्पाका फाँटहरूमा रोपाइँ सकिँदै गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ। अन्नभण्डारका रूपमा चिनिने माडी फाँटका ढाब, दह मात्र होइन, अन्यत्रसमेत रोपाइँ सुरु भइसकेको छ। बाँसटारी, झडेवा र रामपुरका केही भेगमा रोपाइँ सुरु भएको छ।

अधिकांश मोही हुने र कुमाल समुदायले खेत रोप्छन्। खेतका मालिक नजाने भएकाले कुमाल समुदायले आलोपालो रोप्नलाई पनि छिटो काम थाल्नुपर्छ।  माडीका ढब्यान क्षेत्रमा वर्षातको पानीले खेतहरू भरिभराउ छन्। झडेवामा कुलोबाट सिँचाइको सुविधा छ।

Hardik ivf

फाँटको क्षेत्रफल घट्दै गए पनि उत्पादन घटेको छैन। जिल्लाको धान उत्पादनको समयमा निकासी नहुने हो भने सबैलाई खान पुग्ने गरी फल्ने गरेको कृषि ज्ञान केन्द्रका प्रमुख शिव अर्यालले बताए।

जिल्लामा रामपुर, कालीगण्डकीको टार क्षेत्र, अरुणखोला, पूर्वखोला, माडी, कचल, अर्गली, सर्देवा, चहला, दैलातु, दर्पुकलगायत फाँटमा धान उत्पादन राम्रो हुन्छ। छिटो पानी परे पनि रामपुर क्षेत्र र टारी खेतमा भने २० असारपछि मात्र रोपाइँ सकिन्छ।

पाल्पामा आठ हजार ६ सय २० हेक्टर क्षेत्रफलमा वर्षे धान खेती हुन्छ। सात सय हेक्टरमा हिउँदे धान खेती गरिन्छ। जिल्लामा बाह्रै महिना सिँचाइ हुने तीन हजार नौ सय ६४ हेक्टर जमिन छ। बाँकी चार हजार सात सय ८६ हेक्टरमा आकाशे पानीको भर पर्नुपर्छ।

हरेक वर्ष सिँचाइ र साना सिँचाइका लागि करोडौँ बजेट आए पनि सदुपयोग हुन नसक्दा आकाशे पानीको भर पर्नुपर्ने बाध्यता रहेको किसानको गुनासो छ।

प्रकाशित मिति: ११:३० बजे, बुधबार, असार ९, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्