Kathmandu Press

कोलम्बियालाई हराउदै चिली सेमिफाइनलमा

काठमाडौं, असार १४ : कोलम्बियालाई टाईब्रेकरमा हराउदै कोपा अमेरिका कपको सेमिफाइनलमा चिली प्रवेश गरेको छ।

 निर्धारित ९० मिनेटको समय गोलरहि....

कोलम्बियालाई हराउदै चिली सेमिफाइनलमा

काठमाडौं, असार १४ : कोलम्बियालाई टाईब्रेकरमा हराउदै कोपा अमेरिका कपको सेमिफाइनलमा चिली प्रवेश गरेको छ।

 निर्धारित ९० मिनेटको समय गोलरहित बराबरीमा सकिएपछि खेलको नतिजा टाइब्रेकरबाट लिइएको थियो । चिलीका लागि चार्ल्स अरन्गिज र आर्टुरो भिडलले गोल गरेपनि भिडियो असिस्टेन्ट रेफ्रीको निर्णयपछि गोल मान्य भएको थिएन । समूह चरणमा उत्कृष्ट प्रदर्शन गर्दै तीनै खेल जितेको कोलोम्बियाले चिलीसँग भने त्यसअनुसार प्रदर्शन गर्न सकेन।

टाइब्रेकरमा दुवै टोलीको सुरुवाती ४ गोल प्रहार गरेका थिए ।  कोलोम्बियाका हामेस रोड्रीग्वेज, एडविन कार्डोना, जुआन क्वाडराडो र येरी मिनाले गोल गरे । चिलीका आर्टुरो भिडाल, एदुआर्डो भार्गास, एरिक पुल्गार र चार्ल्स अरान्गिजले पनि आफ्नो प्रहार खेर फालेनन्।

कोलोम्बियाका लागि पाँचौ प्रहार गरेका विलियम टेसिल्लोको प्रहार बाहिरीपछि चिलिले खेल जित्ने अवसर प्राप्त गर्यो । एलेक्सिस सान्चेजले अन्तिम प्रहारलाई गोलमा परिणत गर्दै चिलीलाई सेमिफाइनलमा पुर्याए । यसअघि अर्जेन्टिनाले भेनेजुएलालाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाइसकेको छ भने ब्राजिलले पनि अन्तिम ४ मा स्थान सुरक्षित गरिसकेको छ । अन्तिम क्वाटरफाइनलमा उरुग्वे र पेरुले प्रतिस्पर्धा गर्नेछन्।

प्रकाशित मिति: ०७:४९ बजे, शनिबार, असार १४, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्