तोलामा ६०० ले बढ्यो सुनको मूल्य
काठमाडौं, असार ८ : मंगलबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ६०० रुपैयाँले...
काठमाडौं, असार ८ : मंगलबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ६०० रुपैयाँले बढ्दै ९१ हजार रुपैयाँ पुगेको हो।
गत आइतबार एकैदिन ८०० रुपैयाँले घटेर सुनको मूल्य गत सोमबार ४०० रुपैयाँले बढेको थियो भने आज थप ६०० रुपैयाँले बढेर ९१ हजार पुगेको हो ।
महासंघका अनुसार आज यता तेजाबी सुनको मूल्य समेत बढेर ९० हजार ५०० रुपैयाँ पुगेको छ।
यता चाँदीको मूल्य भने मंगलबार पनि प्रतितोला ५ रुपैयाँले नै वृद्धि हुँदै एक हजार ३०० रुपैयाँ पुगेको महासंघले जनाएको छ।
प्रकाशित मिति: १२:१३ बजे, मंगलबार, असार ८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











