Kathmandu Press

हाम्रो जन्मभूमि संस्थाद्वारा सिन्धुपाल्चोक हेलम्बुका बाढीपिडीतलाई सहयोग 

सिन्धुपाल्चोक, असार ६ : हाम्रो जन्मभूमि संस्थाले सिन्धुपाल्चोक हेलम्बु बाढीपिडीत करिव ४० घर परिवारलाई अत्यावश्यक राहत सहयोग गरेको छ।  उक्त संस्थाका उपाध्यक्ष गिता श्रेष्ठको...
हाम्रो जन्मभूमि संस्थाद्वारा सिन्धुपाल्चोक हेलम्बुका बाढीपिडीतलाई सहयोग 

सिन्धुपाल्चोक, असार ६ : हाम्रो जन्मभूमि संस्थाले सिन्धुपाल्चोक हेलम्बु बाढीपिडीत करिव ४० घर परिवारलाई अत्यावश्यक राहत सहयोग गरेको छ।  

उक्त संस्थाका उपाध्यक्ष गिता श्रेष्ठको संयोजकत्वमा गएको टोलीले वडा सदस्य जित वहादुर तामाङ, कार्यपालीका सदस्य लक्ष्मी सुनुवार, स्थानिय स्वयमसेवक सोम तामाङ र प्रहरीको रोहवरमा बाढीपिडीत ४० घर परिवारलाई राहत वितरण गरेको हो ।  

संस्थाले हेलम्वु गाउपालिका वडा नं. ७ को चनौटे बजारलगायत आसपासका करिव ४० घर परिवारलाई एक वोरा चामल ,२ लिटर तेल, २ केजी दाल २ केजी चिनि , १५ केजी चिउरा, नुन, तेल, चियापत्ती, सावुनलगायत विभिन्न सामानहरु सहयोग गरेको छ । 

सस्थाले देश तथा विदेशमा रहेका नेपालीहरुले सहयोग गरेको आर्थिक रकम संकलन गरी करिव २ लाख बराबरको राहत सामाग्री वितरण गरेको संस्थाका  सदस्य नारायण श्रेष्ठले जानकारी दिए । 

तस्बिर : प्रदीपराज वन्त / रासस

 

प्रकाशित मिति: १२:१५ बजे, आइतबार, असार ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्