Kathmandu Press

ऐश्वर्याको नाम नलिँदा सलमान भए ट्रोलको सिकार

काठमाडौं, असार ५ : बलिउडका ‘सुपरहिट’ फिल्ममध्ये एक ‘हम दिल दे चुके सनम’ रिजिल भएको २२ वर्ष पूरा भएको छ।सन् १९९९ जुन १८...
ऐश्वर्याको नाम नलिँदा सलमान भए ट्रोलको सिकार

काठमाडौं, असार ५ : बलिउडका ‘सुपरहिट’ फिल्ममध्ये एक ‘हम दिल दे चुके सनम’ रिजिल भएको २२ वर्ष पूरा भएको छ।

सन् १९९९ जुन १८ मा यो फिल्म रिलिज भएको थियो। यसै अवसरमा चर्चित बलिउड अभिनेता सल्मान खानले आफ्नो समेत अभिनय रहेको सो फिल्मलाई लिएर शुक्रबार एउटा ट्विट गरे।

ट्विटमा उनले सो फिल्म बनेको २२ वर्ष भएको स्मरण गर्दै निर्देशक सञ्जय लीला भान्साली, फिल्म निर्माण कम्पनी भान्साली प्रोडक्ट र अर्का अभिनेता अजय देवगणको नाम उल्लेख गरेका छन्।

Hardik ivf

तर फिल्ममा मूल भूमिका निभाएकी ऐश्वर्या रायको नाम भने उनले लिएका छैनन्। सोही विषयलाई लिएर उनी ट्रोलको सिकार भएका छन्।

खासगरी ऐश्वर्याका ‘फ्यान’हरूले उनलाई ट्रोलको सिकार बनाएका हुन्। अहिले यो विषयले सामाजिक सञ्जाल निकै तातेको छ।

ऐश्वर्या सो फिल्ममा महत्वपूर्ण हिस्सा बनेर रहको उल्लेख गर्दै ट्विटमा उनको नाम लिन किन छुटाएको भन्दै सलमानमाथि प्रश्नमाथि प्रश्न तेस्र्याइएको छ। अन्य विभिन्न लञ्छनासमेत सलमानमाथि लगाइएको छ।

फिल्म ‘हम दिल दे चुके सनम’ को सुटिङकै दौरान सल्मान र ऐश्वर्याबीच गहिरो प्रेम सम्बन्ध कायम भएको तर सलमानको सन्की स्वभावका कारण ऐश्वर्याले उक्त सम्बन्धलाई तोडेका समाचारहरू अझै पनि बेलाबेलामा आइरहेका हुन्छन् ।

सलमानको ट्विटपछि उनीहरूबीचको प्रेम सम्बन्ध र विछोडको सवाललाई लिएर पनि सलमानको कडा टिप्पणी भइरहेका छ। (बलिउडडटकमबाट)  

             

प्रकाशित मिति: १३:०० बजे, शनिबार, असार ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्