Kathmandu Press

इङ्गल्यान्ड महिला विश्वकपको सेमिफाइनलमा

काठमाडौं, असार १३ : नर्वेलाई पराजित गर्दै इंग्ल्यान्ड महिला विश्वकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

हिजो राति भएको खेलमा इग्....

इङ्गल्यान्ड महिला विश्वकपको सेमिफाइनलमा

काठमाडौं, असार १३ : नर्वेलाई पराजित गर्दै इंग्ल्यान्ड महिला विश्वकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

हिजो राति भएको खेलमा इग्ल्यान्डले नर्वेलाई ३–० ले पराजित गरेको हो। इग्ल्यान्डका लागि जिल स्कटले तीन मिनेटमै गोल गरेकी थिइन्। त्यसपछि इलेन ह्वाइट र लकी ब्रोन्जले ४० र ५७औं मिनेटमा गोल थपिन्।

नर्वेका तर्फबाट राम्रो प्रयास भएपनि गोल हुन सकेन्। उसका थुप्रै प्रहार गोलपोस्ट नजिकबाट बाहिरिएका थिए।

महिला विश्वकप प्रतियोगिताअन्तर्गत आज क्वाटरफाइनलका खेल फ्रान्स र अमेरिका तथा इटाली र नेदरल्यान्डबीच हुनेछन्।

त्यस्तै चौथो क्वाटरफाइनल भोलि राति जर्मनी र स्वीडेनबीच हुनेछ।

 

प्रकाशित मिति: १२:२१ बजे, शुक्रबार, असार १३, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्