भारत विश्वकपको सेमिफाइनल नजिक
काठमाडौं, असार १३ : भारत आईसीसी विश्वकपको सेमिफाइनल नजिक पुगेको छ। हिजो राति भएको खेलमा वेस्ट इन्डिजलाई पराजित गर्दै सेमिफाइलनको यात्रा बलियो बनाएको ह....

काठमाडौं, असार १३ : भारत आईसीसी विश्वकपको सेमिफाइनल नजिक पुगेको छ। हिजो राति भएको खेलमा वेस्ट इन्डिजलाई पराजित गर्दै सेमिफाइलनको यात्रा बलियो बनाएको हो।
टस जितेर ब्याटिङ गरेको भारतले सात विकेटको क्षतिमा दुई ६८ रन बनायो। उसका लागि विराट कोह्लीले ७२ र महेन्द्रसिंह धोनीले ५६ रन बनायो।
प्रतिउत्तरमा वेस्ट इन्डिज एक सय ४३ रनमै समेटियो। वेस्ट इन्डिजका कुनै पनि खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन्।
यो जितसँगै भारत अंक तालीकाको दोस्रो स्थानमा पुगेको छ। सेमिफाइनल प्रवेश गरिसकेको अष्ट्रेलिया १२ अंकसहित शीर्षस्थानमा छ। भारत ११ र न्यूजिल्यान्ड ११ अंकसहित दोस्रो र तेस्रो स्थानमा छन्।
त्यस्तै, इग्ल्यान्ड आठ, बंगलादेश सात, पाकिस्तान सात र श्रीलंका ६ अंकसहित चौथो, पाँचौ, छैठौं र सातौं स्थानमा छन्। यि चारै टिमको सेमिफाइनलको संभावना रहेको छ।
वेस्ट इन्डिज, दक्षिण अफ्रिका र अफ्गानिस्तान भने सेमिफाइनलको दौडबाट बाहिरिसकेका छन्।
आज श्रीलंका र दक्षिण अफ्रिकाको खेल हुँदै छ।











