Kathmandu Press

चलचित्र  ‘पृथ्वीराज’ को नाममा विवाद, जलाइयो अक्षय कुमारको पुत्ला

काठमाडौं, असार ४ : अभिनेता अक्षय कुमारको मुख्य भूमिका रहको चलचित्र ‘पृथ्वीराज’ को नामलाई लिएर विवाद उत्पन्न भएको छ। रिलिज हुनै बाँकी रहेको...
चलचित्र  ‘पृथ्वीराज’ को नाममा विवाद, जलाइयो अक्षय कुमारको पुत्ला

काठमाडौं, असार ४ : अभिनेता अक्षय कुमारको मुख्य भूमिका रहको चलचित्र ‘पृथ्वीराज’ को नामलाई लिएर विवाद उत्पन्न भएको छ। रिलिज हुनै बाँकी रहेको उत्तः फिल्मको नाम विवदले उग्र रूप लिएपछि चन्डीगढमा अक्षय कुमारको पुत्ला जलाइएको छ ।

अखिल भारतीय क्षेत्रीय महासभाका सदस्यले फिल्मको नाम परिवर्तन गर्न अनुरोध गरेको छ। उक्त संगठनले करणी सेनाकै मागअनुरूप चलिचित्रको नाम ‘सम्राट पृथ्वीराज चौहान’ राख्न माग गरेको छ। 

केही समयअघि करणी सेनाले चलचित्रको नाम परिवर्तन गरी राजाको पुरै नाम राख्न भनेको थियो। महान राजपुत राजामा आधारित रहेको चलचित्रको ‘पृथ्वीराज’ मात्रै नाम राख्नु हिन्दु शासकको अपमान भएको करणी सेनाको भनाइ छ।

सो सेनाले फिल्म रिलिजहुनुअघि आफूहरुलाई देखाउनुपर्ने समेत माग राखेको छ। करणी सेनाका युवा विङ के अध्यक्ष तथा फिल्म निर्माता सुरजीत सिंह राठौरले आफूहरूको सल्लाह बेवास्ता गरे चलचित्र निर्माणसमूहले नराम्रो परिणाम भोग्नुपर्ने चेतावनी पनि दिएका छन्।

‘पृथ्वीराज’ ऐतिहासिक विषयवस्तुमा आधमारित चलचित्र हो। यसको निर्माण यशराज फिल्मले गरेको हो। सञ्जय दत्त र सोनु सुद पनि चलचित्रमा छन्।

प्रकाशित मिति: १५:३० बजे, शुक्रबार, असार ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्