Kathmandu Press

शेयर बजारमा अन्योल कायमै

काठमाडौं, असार १२ : साताको पाँचौ कारोबार दिन बिहीबार नेप्से परिसूचक १ दशमलव १४ ले  घटेर १२५७ दशमलव १५ को विन्दुमा पुगेको छ।

दोस्रो....

शेयर बजारमा अन्योल कायमै

काठमाडौं, असार १२ : साताको पाँचौ कारोबार दिन बिहीबार नेप्से परिसूचक १ दशमलव १४ ले  घटेर १२५७ दशमलव १५ को विन्दुमा पुगेको छ।

दोस्रो बजार परिसूचकमा ० दशमलव ०९ प्रतिशतकोे गिरावट देखिएको छ। दोस्रो बजार १२५८ दशमलव २९ को विन्दुमा खुलेको थियो भने १२६० दशमलव ४३ को उच्च विन्दुसम्म पुगेको थियो। आज बजारको न्यून विन्दु १२५६ दशमलव ६३ थियो। दिनभरमा ६२ करोड ७९ लाखको शेयर किनबेच भएको छ। 

आजको बजारको अवस्था  

Hardik ivf

आज सर्वाधिक कारोबार हुने 
आज सबैभन्दा धेरै हिमालयन डिष्ट्रिलरीको शेयर किनबेच भएको छ। हिमालयन डिष्ट्रिलरीको १४ करोड ९७ लाख बराबरको शेयर किनबेच भएको छ। 


आज सर्वाधिक कमाउने र गुमाउने 
आज मल्टिपर्पाेज फाइनान्सका शेयरधनीले सर्वाधिक ९ दशमलव १५ प्रतिशतले कमाए भने आईएमई जनरल इन्स्योरेन्सका शेयरधनीले सर्वाधिक ४ दशमलव ७५ प्रतिशतले गुमाए। 

मूल्य समायोजन गतिविधि
मल्टिपर्पाेज फाइनान्सको मुल्यमा ८६५ प्रतिशत हकप्रद शेयर प्रयोजनार्थको शेयर मूल्य समायोजन भएको छ।

प्राथमिक बजार गतिविधि
असार २० गतेदेखि घोडिघोडा लघुवित्त वित्तीय संस्थाले आइपीओ निष्काशन गर्ने भएको छ। प्रतिकित्ता १०० रुपैयाँ अंकित मुल्यमा १ लाख २४ हजार ५ सय ९० कित्ता शेयर  सर्वसाधारणलाई निष्काशन गर्न लागेको हो।  आईपीओमा असार २५ गतेसम्म आवेदन दिन सकिने छ।  

प्राविधिक विश्लेषण 
चित्र नं १ : दैनिक मैनबत्ती प्रवृत्ति

चित्र नं १, नेप्सेको दैनिक मैनबत्ती प्रवृत्ति बमोजिम विगत ९ कारोबार दिनदेखि  बजार प्रवृत्तिहीन रहेको छ। हाल बजार टेवा क्षेत्रमा रहेको देखिन्छ। यस क्षेत्रमा लगानीकर्ताहरु प्रवेश गर्न सक्ने सम्भावना भएपनि बजार बढी हाल्ने निश्चित संकेत दिएको देखिँदैन। आजको मैनबत्तीले बजारमा लगानीकर्ताहरु अन्योल अवस्थामा रहेको देखिन्छ। परिमाणले भने बजारमा गत दुई–तीन दिनभन्दा लगानीकर्ताहरुको सहभागिता बढेको जनाएको छ।

चित्र नं.२ : ५ मिनेट मैनबत्ती प्रवृत्ति

चित्र नं.२, दुई दिनको कारोबार कस्तो रह्यो भनेर हेर्नलाई ५ मिनेट समयावधिका  मैनबत्तीहरुलाई प्रयोग गरिएको छ। हिजो र आज समग्रमा बजार प्रवृत्तिहीन रहेको छ। बजार भने १२५७ दशमलब १५ अंकमा बन्द भएको छ। 

५० समयावधिको एक्सपोनेन्सियल मुभिङ्ग एभरेज (ईएमए) प्रतिरोधको रुपमा देखिएको छ। रिलेटिभ स्ट्रे«न्थ इन्डेक्स (आरएसआई) ३८ दशमलव ०८ अंकमा रहेको छ। यसको प्रवृत्तिले बजार सकारात्मक भई हाल्ने संकेत भने दिएको देखिँदैन। स्टोकास्टिक अक्सिलेटरले बजार अझ केही सच्चिन सक्ने संकेत गरेको छ। 

निष्कर्ष 

माथि उल्लेखित छोटो समयका नेप्से प्रवृत्ति र सूचकको आधारमा बजारको तत्कालीन प्रतिरोध १२६० देखि १२६५ को क्षेत्रमा रहेको देखिन्छ। यो प्रतिरोध क्षेत्रभन्दा माथि बजार स्थिर रहेमा बजार सकारात्मक हुन सक्ने संकेत गर्नुको साथै अर्को मुख्य प्रतिरोध १२८० देखि १३०० को क्षेत्रलाई सामना गर्नुपर्ने देखिन्छ। त्यस्तै, तत्कालीन टेवा १२५३ देखि १२५५ मा रहेको देखिन्छ। यो टेवा क्षेत्रभन्दा बजार तल स्थिर रहेमा बजार अझ केही सच्चिन सक्ने देखिन्छ।
 

प्रकाशित मिति: १८:२१ बजे, बिहीबार, असार १२, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्