Kathmandu Press

जीवन विकास लघुवित्तले असार ११ देखि आईपीओ खुलाउने

काठमाडौं, असार ३ : जीवन विकास लघुवित्त कम्पनीले असार ११ गतेदेखि सर्वसाधारणको बिक्रीका लागि आइपिओ निष्कासन गर्ने भएको छ।कम्पनीले सर्वसाधारणका लागि १९ लाख...
जीवन विकास लघुवित्तले असार ११ देखि आईपीओ खुलाउने

काठमाडौं, असार ३ : जीवन विकास लघुवित्त कम्पनीले असार ११ गतेदेखि सर्वसाधारणको बिक्रीका लागि आइपिओ निष्कासन गर्ने भएको छ।

कम्पनीले सर्वसाधारणका लागि १९ लाख ७७ हजार ३ सय कित्ता बराबरको १९ करोड ७७ लाख ३० हजारको आईपीओ निष्कासन गर्न लागेको हो।

३० हजार ४ सय २० कित्ता सेयर कर्मचारी र ९८ हजार ८ सय ६५ कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित राखिएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार उक्त सेयर खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ।

आईपीओ छिटोमा असार १५ र ढिलोमा असार २५ गतेसम्म बिक्रीका लागि राख्ने बतायएको छ। कम्पनीले बिक्री प्रबन्धकका रूपमा एनएमबी क्यापिटललाई तोकेको छ।

प्रकाशित मिति: १२:३५ बजे, बिहीबार, असार ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्