Kathmandu Press

शेयर बजारमा चलखेल, ५१ कम्पनीको लगानी जोखिममा 

काठमाडौं, असार १ :  नेपाल धितोपत्र बोर्डले ५१ ओटा सूचिकृत कम्पनीको सेयर मूल्य चलेखेल गरेर बढाइएको पाइएको जनाएको छ। बोर्डले सेयर मूल्यमा चलखेल...
शेयर बजारमा चलखेल, ५१ कम्पनीको लगानी जोखिममा 

काठमाडौं, असार १ :  नेपाल धितोपत्र बोर्डले ५१ ओटा सूचिकृत कम्पनीको सेयर मूल्य चलेखेल गरेर बढाइएको पाइएको जनाएको छ। बोर्डले सेयर मूल्यमा चलखेल भएको ५१ कम्पनीको सूचीसमेत सार्वजनिक गरेको छ। 

पछिल्लो समय केही कम्पनीको सेयर मूल्य अस्वभाविक रुपमा बढेपछि बोर्डले कमिटी नै बनाएर अध्ययन गरेको थियो । 

Hardik ivf

उक्त अध्ययन समितिको प्रतिवेदनको आधारमा ५१ कम्पनीको सेयर मूल्यमा चलखेल गरेर बढाएको निष्कर्षसहित बोर्डले उक्त कम्पनीको सूची सार्वजनिक गरेको हो । 

बोर्डले १ वर्षमा सेयर मूल्य ३०० प्रतिशतभन्दा बढीले वृद्धि भएका, पीई रेसियो १०० भन्दा बढी भएका, प्रतिसेयर आनम्दानी नेगेटिभ भएका र प्रतिसेयर नेटवर्थ १०० भन्दा कम भएका र कम्पनीको वर्तमान वित्तिय क्षमताको मूल्यांकन गरेर उक्त सूची सार्वजनिक गरेको जनाएको छ।

यी हुन् जाेखिममा रहेका ५१ कम्पनी

प्रकाशित मिति: १७:०७ बजे, मंगलबार, असार १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्