Kathmandu Press

सातै प्रदेश सरकारले आज बजेट ल्याउँदै 

काठमाडौं, असार १ : आज सातै प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट ल्याउँदै छन्। असार १ गते प्रदेश सरकारहरुले बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था...
सातै प्रदेश सरकारले आज बजेट ल्याउँदै 

काठमाडौं, असार १ : आज सातै प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट ल्याउँदै छन्। 

असार १ गते प्रदेश सरकारहरुले बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ। त्यहिअनुसार आज सबै प्रदेश सरकारले बजेट ल्याउन लागेका हुन्। 

Hardik ivf

पाँच प्रदेशको नीति तथा कार्यक्रम पारित भइसकेको छ। नयाँ सरकार बनेको गण्डकीमा पनि सोमबार नीति तथा कार्यक्रम पेश भएको थियो। गण्डकीको नीति तथा कार्यक्रम आज पारित गरिने भएको छ। 

त्यस्तै, कर्णाली प्रदेशको नीति तथा कार्यक्रम पनि आज पारित गर्ने कार्यसूची रहेको छ। यसका लागि आज दिउसो १ बजे प्रदेश सभा बैठक बोलाइएको छ। नीति तथा कार्यक्रम पारित भएपछि बजेट पेश गर्ने कार्यसूची रहेको छ। 

कोरोना महामारी नियन्त्रण, संक्रमितको उपचार लगायत स्वाथ्य पुर्वाधार निर्माणलाई प्राथमिकता दिएर बजेट ल्याइने प्रदेश सरकारले जनाएका छन्। 

प्रदेश १, प्रदेश २, बाग्मती र सुदूरपश्चिम प्रदेशको बैठक दिउँसो ३ बजे बोलाइएको छ। लुम्बिनी प्रदेशको बैठक दिउँसो ४ बजे बोलाइएको छ। 

प्रकाशित मिति: ०९:०२ बजे, मंगलबार, असार १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्