Kathmandu Press

विष्णु र जुनाको सालैजो गीत ‘सँगैका साथी’ सार्वजनिक

काठमाडौं, जेठ ३१ : गायक विष्णु खत्रीको सालैजो गीत ‘सँगैका साथी’ सार्वजनिक भएको छ।आइतबार दिउँसो सार्वजनिक भएको गीतले युट्युबमा राम्रो भ्युज बटुल्ने अपेक्षा गरिएको...
विष्णु र जुनाको सालैजो गीत ‘सँगैका साथी’ सार्वजनिक

काठमाडौं, जेठ ३१ : गायक विष्णु खत्रीको सालैजो गीत ‘सँगैका साथी’ सार्वजनिक भएको छ।

आइतबार दिउँसो सार्वजनिक भएको गीतले युट्युबमा राम्रो भ्युज बटुल्ने अपेक्षा गरिएको छ। विष्णु खत्री युटु्यब च्यानलबाट बजारमा ल्याइएको गीतमा गायक खत्री र जुना श्रीष मगरले स्वर दिएका छन्। लय, शब्द खत्री आफ्नै रहेको छ। 

Hardik ivf

गीतको भिडियोमा गायक खत्रीसँगै लोमश शर्मा, रुविना अधिकारी, सारिका केसी लगायतको अभिनय छ। सालैजो गीत भएकाले भिडियोमा धेरैलाई देखाइएको छ।

कृष्ण विकको सङ्गीत संयोजन रहेको गीतलाई मारुनी डिजिटलमा रेकर्ड गरिएको हो। भिडियो निर्देशन होम गरुङले गरेका हुन्। 

गायकले भिडियोलाई आफ्नै जन्मस्थल बाग्लुङ गलकोटमा छायाङ्कन गरिएको बताए। उनले लकडाउनको समयलाई उपयोग गर्दै मौलिक लोकगीत बजारमा ल्याएको जनाउँदै गीतलाई दर्शक श्रोताले रुचाउनेमा आफू आशावादी भएको बताए।

हेर्नुहोस् भिडियो 

प्रकाशित मिति: १३:३५ बजे, सोमबार, जेठ ३१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्