एसइईले बढायो करिश्मा मानन्धरको मुटुको ढुकढुकी
काठमाडौं, असार ११ : नेपाली फिल्मका हरेक उमेरका दर्शकको मुटुकी ढुकढुकी हुन् अभिनेत्री करिश्मा मानन्धर। यतिबेला भने एसईईले उनको मुटुको ढुकढुकी बढाएको छ।....

काठमाडौं, असार ११ : नेपाली फिल्मका हरेक उमेरका दर्शकको मुटुकी ढुकढुकी हुन् अभिनेत्री करिश्मा मानन्धर। यतिबेला भने एसईईले उनको मुटुको ढुकढुकी बढाएको छ।
यस वर्षको एसइईको परीक्षाफल प्रकाशनको अन्तिम तयारी भइरहेको छ। एक-दुई दिनभित्रै रिजल्ट आउदै छ। उनी पनि एसइईको परीक्षाको रिजल्टको प्रतिक्षामा छिन्।
अभिनयमा सक्रिय रहँदारहँदै उनी केही समय ब्रेक लिएर पढाइमा लागेकी थिइन्।
सानै उमेरमा कलाकरितामा लागेकाले पढाइ अधुरै थियो। त्यसलाई पूरा गर्न उनी विद्यालय भर्ना भएकी थिइन्।
यो उमेरमा एसइई पूरा गर्ने उनको आँटले सबैको वाहवाही पाएको थियो। उनी धेरैको प्रेरणा बन्न पुगेकी छन्।
कलाकारिता र सामाजिक भेटघाटलाई बन्द गरेर पढाइमा केन्द्रीत भएकी उनी रिजल्ट राम्रो आउनेमा आशावादी छन्। उनले एसइईको नतिजा थाहा पाउन खासै नर्भस र धेरै एक्साइटेड पनि नभएको सुनाइन्।
‘परीक्षा दिएपछि एक न एकदिन नतिजा आउछ नै। त्यसैले कस्तो आउछ होला भनेर मेरो मनमा त्यस्तो केही कुरा खेलेको छैन,’ करिश्माले काठमाडौं प्रेससँग भनिन्।
उनले मिहिनेत अनुसार रिर्जल्ट राम्रो आउछ भन्नेमा ढुक्क रहेको बताइन्। ‘एसईई राम्रो गरेको छु, राम्रै रिजल्ट आउला,’ उनले भनिन्।
करिश्मा एसइईपछि पनि पढाइलाई अघि बढाउने सोचमा छिन्। तर कुन विषय लिने, कहाँ पढ्ने भन्ने कुरा भने नतिजा आएपछि मात्रै तय गर्ने उनले बताइन्।
आफूले परीक्षा दिएको विद्यालयका प्रधानाध्यापक, आफना दाइ र निकटका व्यक्तिसँग छलफल गरेर के गर्ने भन्ने तय गर्ने उनको भनाइ छ।












