तोलामा ६०० ले घट्यो सुनको मूल्य
काठमाडौं, जेठ ३० : आइतबार सुनको मूल्य एकै दिन अधिकतम ६०० रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला ६०० रुपैयाँले घट्दै...
काठमाडौं, जेठ ३० : आइतबार सुनको मूल्य एकै दिन अधिकतम ६०० रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला ६०० रुपैयाँले घट्दै ९३ हजार ९०० रुपैयाँ कायम भएको हो।
यस्तै, आज तेजाबी सुन समेत ६०० रुपैयाँले नै घट्दै ९३ हजार ४०० रुपैयाँ कायम भएको छ।
महासंघका अनुसार यता, चाँदीको मूल्य भने स्थिर रहेको छ । गत शुक्रबार प्रतितोला एक हजार ३७० रुपैयाँमा कारोबार भएको चाँदी आज आइतबार पनि सोही मूल्य कायम भएको छ।
प्रकाशित मिति: ११:५४ बजे, आइतबार, जेठ ३०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











