प्यानको हल्ला: सेयर बजारमा दोहोरो अंकको गिरावट
काठमाडौ, माघ १३, साताको पहिलो दिननै सेयर बजार दोहोरो अंकले घटेको छ ।
धितोपत्र बोर्डले लगानीकर्तालाई आगामी बैशाख १ देखि अनिवार्य प्यान नम्बरमार्फत कारोबार गर्....

काठमाडौ, माघ १३, साताको पहिलो दिननै सेयर बजार दोहोरो अंकले घटेको छ ।
धितोपत्र बोर्डले लगानीकर्तालाई आगामी बैशाख १ देखि अनिवार्य प्यान नम्बरमार्फत कारोबार गर्न निर्देशन दिएसँगै कारोबार घटेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले लागनीकर्ता संस्थासँग सहमति गरेर मात्र कार्यन्वयन गर्ने बताए पनि लगानीकर्ता ढुक्क नहुँदा आर्इतबार सेयर बजार दोहोरो अंकले घटेको हो ।
आइतबार १०.६८ अंकले गिरावटसँगै ११६२.०९ अंकमा झरेको छ । समंग्रमा सेयर बजार ०.९ प्रतिशतले घटेको छ । आर्इतबार ३४ करोढ ३७ लाख एक हजार एक सय २७ रुपैयाँ बराबरको कारोबार भएको छ भने ११ लाख ८५ हजार आठ सय ७२ कित्ता सेयर किनबेच भएको छ ।
सबै समूहतर्फको सेयर कारोबार घटेको छ । बैंकिङ, होटल, विमा, फाइनान्स, जलविद्युतलगायत सबै समूहको सेयर घटेको हो ।










-1754206481.jpg)