Kathmandu Press

पाकिस्तानी टिमका यस्ता छन् विश्वकप जित्दा र अहिलेका समानता

काठमाडौं, असार ११ : पाकिस्तानले प्रधानमन्त्री इमरान खानको नेतृत्वमा सन् १९९२ मा विश्वकप जितेको थियो। त्यतिबेलाको टिम र अहिलेको पाकिस्तानको विश्वकप टिम....

पाकिस्तानी टिमका यस्ता छन् विश्वकप जित्दा र अहिलेका समानता
एजेन्सी

काठमाडौं, असार ११ : पाकिस्तानले प्रधानमन्त्री इमरान खानको नेतृत्वमा सन् १९९२ मा विश्वकप जितेको थियो। त्यतिबेलाको टिम र अहिलेको पाकिस्तानको विश्वकप टिमको यात्रामा थुप्रै समानता भेटिएका छन्।

आज पाकिस्तान सेमिफाइनल यात्रा जिवितै राख्न जितका लागि न्यूजिल्यान्डसँग भिड्दै छ। सन् १९९२ मा पनि न्यूजिल्यान्डसँगै भिडेको थियो। त्यतिबेला र अहिलेको टिमका केही समानता यस्ता छन्ः

सन् १९९२ मा नौ टिम थिए, सबैले एक अर्कासँग खेल्नु पथ्र्यो र चार टिम समेमिफाइलनमा प्रवेश गर्थे। अहिले १० टिम छन, सबैले एकअर्कासँग खेल्नु परिरहेको छ र चार टिम सेमिफाइलनमा प्रवेश गर्नेछन्।

सन् १९९२ मा प्रतियोगितामा दुइटा नयाँ ‘ह्वाइट बल’ प्रयोग गरिएको थियो, अहिले पनि दुइटा नयाँ ‘ह्वाइट बल’ले खेलाइँदै छ।

सन् १९९२ मा इम्रान खान नेतृत्वको पाकिस्तानी टिम।

त्यतिबेला प्रतियोगिताको ३४औं खेलमा पाकिस्तान न्यूजिल्यान्डसँग भिडेको थियो। त्यतिञ्जेलसम्म न्यूजिल्यान्डलाई कसैले हराएको थिएन्, पाकिस्तानले हरायो।

तर, आज ३३औं खेलमै न्यूजिल्यान्ड र पाकिस्तान्त भिड्दैछन्। अहिलेसम्म न्यूजिल्यान्डलाई कसैले हराएको छैन।

यो प्रतियोगितामा पाकिस्तानले आजसम्म ६ खेल खेलेको छ। पहिलो खेल हारेको छ, दोस्रो खेल जितेको छ, तेस्रो खेल वर्षाले रद्द भएको छ, चौथो खेल हारेको छ, पाँचौ खेल हारेको छ र छैटौ खेल जितेको छ।

सन् १९९२ मा पनि यस्तै थियो। पहिलो वेस्ट इन्डिजसँग हारेको थियो, यो पटक पनि पहिलो खेल वेस्ट इन्डिजसँगै हारेको छ।

अहिलेको पाकिस्तानी टिम।

यस्तै, सन् १९९२ मा पाकिस्तानले विश्वकप जित्दा इन्जमाम उल हक नयाँ युवा खेलाडी थिए, जसले राम्रो प्रदर्शन गरेको थियो। यो पटक उनै इन्जाममका भतिजा इमाम उल हक नयाँ युवा खेलाडीका रुपमा छन्। र राम्रो प्रदर्शन पनि गरिरहेका छन्।

सन् १९९२ मा देब्रेहाते ब्याट्सम्यान सोयल (अमिर) छैटौं खेलमा म्यान अफ दि म्याच भएका थिए। यस पटक पनि उस्तै नाम भएका देब्रेहाते ब्याट्सम्यान सोयल (हरिस) छैटौं खेल जित्दा म्यान अफ द म्याच भएका छन्।

सन् १९९२ मा पनि त्यस अघिका दुई विश्वकप भारत र अष्ट्रेलियाले जितेका थिए। यस पटक पनि त्यस्तै छ, अघिल्लो दुई विश्वकप भारत र अष्ट्रेलियाले नै जितेका छन्।

सन् १९९२ मा पूर्वप्रधानमन्त्री बेनिजिर भुट्टको पति असिफ अलि जर्दारीलाई जेल हालिएको थियो। यति बेला पनि उनै असिफ अलि जर्दारी जेल परेका छन्।

सन् १९९२ मा अलाद्दिनलाई थुना मुक्त गरिएको थियो। उनी एउटा फिल्मसम्बन्धी मुद्दामा जेलमा थिए। यति बेला पनि उनै अलाद्दिनलाई थुनामुक्त गरिएको छ।

पाकिस्तानी समर्थकले यसलाई ह्वाट्एप र सामाजिक संजालमा सेयर गर्दै पाकिस्तान यो पटक पनि विश्वकप जित्ने दाबी गर्दै आएका छन्।

सन् १९९२ मा न्यूजिल्यान्डलाई पराजित गर्दै पाकिस्तान सेमिफाइलनमा प्रवेश गरेको छ, आज खेलमा भने न्यूजिल्यान्डलाई पराजित गर्न सके सेमिफाइनलको यात्रा जिवितै रहनेछ। (एजेन्सीको सहयोगमा)

 

प्रकाशित मिति: ११:३६ बजे, बुधबार, असार ११, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्