Kathmandu Press

अष्ट्रेलिया विश्वकपको सेमिफाइलनमा प्रवेश

काठमाडौं, असार ११ : अष्ट्रेलिया आईसीसी विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ। हिजो राति भएको खेलमा इग्ल्यान्डलाई पराजित गर्दै अष्ट्रेलियाल सेमिफाइलनमा ....

अष्ट्रेलिया विश्वकपको सेमिफाइलनमा प्रवेश

काठमाडौं, असार ११ : अष्ट्रेलिया आईसीसी विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ। हिजो राति भएको खेलमा इग्ल्यान्डलाई पराजित गर्दै अष्ट्रेलियाल सेमिफाइलनमा प्रवेश गर्ने पहिलो टोली बनेको हो।

टस हारेर ब्याटिङको निम्तो पाएको अष्ट्रेलियाले सात विकेटको क्षतिमा दुई सय ८५ रन बनाएको थियो। उसका लागि क्याप्टेन आरोन फिन्चले एक सय रन बनाए।

प्रतिउत्तरमा इग्ल्यानड दुई सय २१ रनमै समेटियो। उसका लागि बेन स्ट्रोक्सले ८९ रन बनाए।

यो जितसँगै अष्ट्रेलिया अंक तालिकाको शीर्षस्थानमा पुगेको छ। उसले १२ अंक बटुलेको छ।

त्यस्तै, दोस्रो स्थानमा रहेको न्यूजिल्यान्डको ११, भारतको नौ, इग्ल्यान्डको आठ अंक रहेको छ।

अंक तालिकाको पुछारमा रहेको अफगानिस्तान, दक्षिण अफ्रिका र वेस्ट इन्डिजको सेमिफाइनलको यात्रा टुङ्गिएको छ। त्यस्तै, बंगलादेश सात, श्रीलंका ६, पाकिस्तान पाँच अंकसहित सेमिफाइनलको आशा जिवितै राखेका छन्।

आज न्यूजिल्यान्ड र पाकिस्तानको खेल हुँदैछ। न्यूजिल्यानडले जिते सेमिफाइनलमा प्रवेश गर्ने छ पाकिस्तानको सेमिफाइनलको यात्रा टुङ्गिनेछ।

प्रकाशित मिति: ११:०२ बजे, बुधबार, असार ११, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्