असार १ देखि ‘एक चिकित्सक : एक स्वास्थ्य संस्था’ कार्यक्रम, पहिलो चरणमा १० अस्पताल मात्र
काठमाडौं, जेठ २८ : आगामी असारदेखि ‘एक चिकित्सक : एक स्वास्थ्य संस्था’ कार्यक्रम लागु हुने हुँदैछ। पहिलो चरणमा १० अस्पतालमा उक्त कार्यक्रम लागु गरिने स्वास्थ्य...काठमाडौं, जेठ २८ : आगामी असारदेखि ‘एक चिकित्सक : एक स्वास्थ्य संस्था’ कार्यक्रम लागु हुने हुँदैछ।
पहिलो चरणमा १० अस्पतालमा उक्त कार्यक्रम लागु गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बताए।
देशभरिका अस्पतालमा एकैपटकसो कार्यक्रम सञ्चालन गर्न समस्या आउने भएकाले चरणबद्धरूपमा विभिन्न अस्पतालहरूमा कार्यक्रम लागु गर्दै जाने मन्त्रालयको योजना रहेको उनले जानकारी दिए।
उनका अनुसार पहिलो चरणमा नुवाकोट अस्पताल, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल, गजेन्द्रनारायणसिंह अस्पताल र भरतपुर अस्पतालमा उक्त कार्यक्रम लागु हुनेछ।
सो कार्यक्रम लागु हुने अन्य अस्पतालहरूमा राष्ट्रिय ट्रमा सेन्टर, डडेल्धुरा अस्पताल, दैलेख अस्पताल, प्यूठान अस्पताल, गोरखा अस्पताल र पाँचथर अस्पताल छन्।
‘पहिलो चरण १० अस्पतालमा लागु गरिएपछि अर्को आर्थिक वर्षदेखि थप व्यवस्थापन गर्दै लाने तयारीमा छौं,’ सहपरुवक्त अधिकारीले भने।
केही समयअघि ल्याइएको एक चिकित्सक/स्वास्थ्यकर्मी एक स्वास्थ्य संस्था कार्यक्रम सञ्चालनसम्बन्धी कार्यविधि, २०७७ बमोजिम पहिलो चरण असारमा १० वटा अस्पतालमा उक्त कार्यक्रम लागु गर्ने तयारी रहेको उनले जानकारी दिए ।
‘कार्यविधि, २०७७ यही असार १ गतेबाट सुरु हुन्छ,’ सहप्रवक्ता अधिकारीले काठमाडौं प्रेसँग भने, ‘अस्पतालहरूसँग छलफल भइसकेको छ।’
यस्तै उक्त कार्यविधिअनुसार चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीले विभिन्न आधारमा भत्ता तथा अन्य सुविधा पाउनेछन् । अतिरिक्त भत्ता निर्धारणका लागि स्वास्थ्य संस्थाले चारवटा आधार अपनाउन सक्ने बताइएको छ।
एमएसएस स्कोर ८० प्रतिशत वा सोभन्दा माथि भए वा पछिल्लो स्कोरमा २५ प्रतिशत बढी आएमा १०० प्रतिशत भत्ता दिने व्यवस्था गरिएको छ।
एमएसएस स्कोर ६० देखि ८० प्रतिशत भए वा पछिल्लो स्कोरमा २० प्रतिशत बढी आए ७५ प्रतिशत भत्ता मात्र स्वास्थ्यकर्मीले पाउनेछन् ।
एमएसएस स्कोर ४० देखि ६० प्रतिशत भए वा पछिल्लो स्कोरमा १५ प्रतिशत बढी आए ५० प्रतिशत र स्कोर ४० प्रतिशतभन्दा कम आए २५ प्रतिशत भत्ता पाइने नर्देशिकामा उल्लेख छ।