Kathmandu Press

बिमाका संस्थागत अभिकर्ताले छुट्टै इजाजत लिनुपर्ने

काठमाडौं, जेठ २७ : संस्थागत बिमा अभिकर्ता भएर काम गरिरहेका बैंक तथा वित्तीय संस्था, सहकारी संस्था र गैरसरकारी संस्था लगायतले अलग्गै इजाजत लिनुपर्ने भएको...
बिमाका संस्थागत अभिकर्ताले छुट्टै इजाजत लिनुपर्ने

काठमाडौं, जेठ २७ : संस्थागत बिमा अभिकर्ता भएर काम गरिरहेका बैंक तथा वित्तीय संस्था, सहकारी संस्था र गैरसरकारी संस्था लगायतले अलग्गै इजाजत लिनुपर्ने भएको छ।

बीमा समितिले जारी गरेको ‘संस्थागत बिमा अभिकर्तासम्बन्धी निर्देशिकामा  लाइसेन्स लिई अभिकर्ता बन्न चाहने संस्थाले प्रबन्धपत्र, नियमावली वा विधानमै कुन प्रकारको अभिकर्ता बनेर काम गर्ने भन्ने खुलाउनुपर्ने उललेख छ । 

Hardik ivf

अभिकर्ता बन्न चाहने कम्पनी वा संस्थाका प्रबन्धकमध्ये कम्तीमा एकजनाले बीमा अभिकर्ता सम्बन्धी तालिम लिएको हुनुपर्ने र कम्तीमा एसईई उत्तीर्ण गरेको हुनुपर्ने व्यवस्था गरिएको छ।

संस्थागत अभिकर्ताको इजाजतका लागि कागजी प्रक्रिया लम्ब्याइएको छ। अभिकर्ताले बिमितलाई भ्रममा पार्न, करकाप गर्न, अभिकर्ता कमिसनमा प्राप्त हुने रकम दिन वा दिने आश्वासन बाँड्न पनि रोक लगाएको छ।

अभिकर्ताले अन्डरराइटिङसम्बन्धी काम गर्न र बिमा कम्पनीको तलबी कर्मचारी, परामर्शदाता, सर्भेयर, सल्लाहकार वा लेखापरीक्षक भएर काम गर्न नपाइने व्यवस्था निर्देशिकामा गरिएको छ।

प्रकाशित मिति: ११:५५ बजे, बिहीबार, जेठ २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्