Kathmandu Press

चीनमा मानिसमा देखापर्‍यो बर्डफ्लुको भेरियन्ट

चीनको राष्ट्रिय स्वास्थ्य आयोग (एनएचसी) ले १ जुनमा पहिलोपटक एक व्यक्तिमा बर्डफ्लुको भेरियन्ट ‘एच१० एन३’ देखापरेको घोषणा गरेको छ।एभियन इन्फ्लुएन्जाको ‘एच १० एन...
चीनमा मानिसमा देखापर्‍यो बर्डफ्लुको भेरियन्ट

चीनको राष्ट्रिय स्वास्थ्य आयोग (एनएचसी) ले १ जुनमा पहिलोपटक एक व्यक्तिमा बर्डफ्लुको भेरियन्ट ‘एच१० एन३’ देखापरेको घोषणा गरेको छ।

एभियन इन्फ्लुएन्जाको ‘एच १० एन ३’ स्ट्रेनले सामान्यतया चरामा हल्का रोग सार्न सक्ने र हालसम्म मानिसमा गम्भीर संक्रमणका घटना भने पाइएका थिएनन्। तर, २३  अप्रिलमा चेनजियाङ सहरमा एक ४१ वर्षीय व्यक्तिलाई केही दिनसम्म लगातार ज्वरो आयो। २८ अप्रिलमा उनी स्थानीय अस्पताल गए।

‘एच१० एन ३’ ले पन्छीलाई संक्रमण गर्दा हल्का रोग देखापर्ने विश्वास छ। तर, यो संक्रमण मानिसमा देखापर्दा अहिलेसम्मको विश्वास सत्य नरहन सक्छ। त्यसभन्दा फरक अवस्था देखिन सक्ने स्वास्थ्यकर्मीको भनाइ छ।

Hardik ivf

चिनियाँ रोग नियन्त्रण र रोकथाम केन्द्र (सीसीडीसी) का अनुसार संक्रमित मानिसबाट लिइएका नमूनाको आनुवंशिक विश्लेषण गएिको थियो। र, ती व्यक्ति बर्डफ्लुको भेरियन्ट ‘एच १० एन ३’ बाट ग्रसित रहेको पुष्टि भएको थियो।

त्यसलगत्तै सीसीडीसीले संक्रमणको थप केस पत्ता लगाउन जियान्सु प्रान्तवरपरको क्षेत्रमा निरीक्षण गर्यो‍। खासगरी, संक्रमित व्यक्तिसँग सम्पर्कमा रहेका मानिसहरूको परीक्षण ग¥यो। तर, कसैलाई संक्रमण सरेको फेला परेन। संक्रमित व्यक्ति स्वस्थ छन्।

संक्रमित व्यक्तिबाट लिइएका नमूनामा थप परीक्षण आवश्यक रहेको संयुक्त राष्ट्रसंघको इमर्जेन्सी सेन्टर फर ट्रान्सबाउन्ड्री एनिमल डिजिजको एसिया–प्रशान्त क्षेत्रीय कार्यालयका फिलिप क्लेयसले बताए। उक्त कार्यालय खाद्य तथा कृषि कार्यक्रम (एफएओ)को शाखा एजेन्सी हो।

सामान्यतया ‘एच१० एन ३’ धेरैपटक नफैलिने विश्वास वैज्ञानिकहरूमा देखिन्छ। सन् १९७० देखि सन् २०१८ को अन्त्यसम्ममा वैज्ञानिकहरूले एक सय ६० संक्रमित जनावरबाट भाइरल स्ट्रेनको नमूना संकलन गरेका थिए। त्यसमा प्राय जंगली चराचुरुंगी र पानी चरा थिए। कुखुरामा यो स्ट्रेन फेला नपरेको क्लेयसले जानकारी दिए।

रोयटर्सका अनुसार संक्रमित व्यक्तिमा कसरी वा कहिले चराबाट भाइरस प्रसार भएको थियो भन्ने सीसीडीसीले जानकारी दिएको छैन। तर, हालसम्मको विश्लेषणमा भाइरस ठूलो क्षेत्रमा फैलिने जोखिम देखिएको छैन।

‘एभियन इन्फ्लुएन्जा भाइरस चराहरूबाट मानवमा प्रसार हुँदा मानिसहरू बीच फैलिँदैनन्। फैलिए भने पनि तिनीहरूको प्रसार सामान्यतया सीमित हुन्छ,’ अमेरिकी रोग नियन्त्रण तथा रोकथामका केन्द्र (सीडीसी)ले भनेको छ।

एभियन फ्लूले मानिसमा विरलै ठूलो खतरा पैदा गर्ने सीडीसीको भनाइ छ। तर, यस्तो नौलो परिघटनामाथि निगरानी आवश्यक भएको सीडीसीले बताएको छ।

साइन्स म्यागेजिनका अनुसार मानिसमा हालसम्म ठूलो प्रकोपका रूपमा बर्ड फ्लूको भेरियन्ट ‘एच७ एन ९’ थियो। त्यसको संक्रमणका कारण सन् २०१६ र २०१७ मा तीन सय जनाभन्दा बढीको मृत्यु भएको थियो। सन् २०१६ मा प्रकाशित भएको सीडीसी जर्नल ‘मोर्बिडिटी एन्ड मोर्टालिटी’को साप्ताहिक रिपोर्टअनुसार त्यो भाइरस स्ट्रेनमा ४० प्रतिशत मृत्युदर पाइएको छ।

सन् १९५७ मा एभियन इन्फ्लुएन्जा भाइरस ‘एच २ एन २’ मानव फ्लु भाइरसमा मिसिएको र एक पूर्ण विकसित महामारीको रूप लिएको इतिहास छ। यस्तै, सन् १९१८ को महामारीमा ‘एच १ एन १’का कारण उत्पन्न हुने फ्लू पनि देखिएको हालसम्म प्राप्त प्रमाणहरू बताउँछन्। नेचर जर्नलको सन् २०१४ को रिपोर्टअनुसार मावन र स्वाइन भाइरसको मिश्रणबाट उक्त महामारी उत्पन्न भएको आकलन पनि छ।

लाइभ साइन्सका अनुसार यस वर्षको सुरुमा रुसी अधिकारीहरूले ‘एच ५ एन ८’ भनिने एभियन इन्फ्लुएन्जा भाइरसको पहिलो घटना रिपोर्ट गरेका थिए, जो कुखुराबाट मानिसमा सरेको थियो।

कुखुरा फर्ममा सात कामदारमा यो भाइरस देखापरेको थियो। तर, अरूमा पनि यो प्रसार भएको पाइएन। यसको अर्थ भाइरस कुखुराबाट सीधा कामदारहरूमा फैलियो र अन्य कामदारमा प्रसार भएन।

(साइन्स अलर्ट डट कमबाट)

प्रकाशित मिति: ०६:१७ बजे, बिहीबार, जेठ २७, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्