Kathmandu Press

असार १ बाट आन्तरिक उडान खोल्न वायुसेवा सञ्चालक संघको माग

काठमाडौं, जेठ २६ : वायुसेवा सञ्चालक संघ नेपालले असार १ गतेबाट आन्तरिक हवाई उडान खोल्न माग गरेको छ। बुधबार एक विज्ञप्ति जारी गरेर संघले...
असार १ बाट आन्तरिक उडान खोल्न वायुसेवा सञ्चालक संघको माग


काठमाडौं, जेठ २६ : वायुसेवा सञ्चालक संघ नेपालले असार १ गतेबाट आन्तरिक हवाई उडान खोल्न माग गरेको छ। 
बुधबार एक विज्ञप्ति जारी गरेर संघले विमान कम्पनीहरू स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी उडान गर्न प्रतिबद्ध रहेको बताएको छ। 

लामो दूरी पनि छोटो समयमै पुग्न सकिने, विश्व स्वास्थ्य संगठन र सरकारले तोकेको मापदण्ड पूर्ण पालनासमेत हुने भन्दै उडान खोल्नुपर्नेमा संघ जोड दिएको हो। 

‘दोस्रो लहरअगाडि हवाई उडानबाट आउजाउ गर्ने सबै यात्रु संक्रमणरहित थिए,’ विज्ञप्तिमा उल्लेख छ, ‘कोभिडविरुद्ध तालिमप्राप्त जनशक्ति तथा उडानपूर्व जहाजको संक्रमणरहित सरसफाइ, मास्क तथा फेससिल्डको अनिवार्य प्रयोगले यो सम्भव भएको हो।’ 

Hardik ivf

संघले निषेधाज्ञा अवधिभर ल्यान्डिङ पार्किङ तथा अन्य शूल्कमा ७५ प्रतिशत छुट व्यवस्था गर्न पनि माग गरेको छ। 

नेपाल आयल निगमले जेठ २३ गते अन्तर्राष्ट्रिय हवाई उडानतर्फको मूल्यमा २० प्रतिशत कटौतीको स्वागत गर्दै आन्तरिक हवाई उडानमा प्रयोग हुने इन्धनको मूल्य घटाउन समेत अनुरोध गरेको छ।

बुद्ध एयरले आफ्नो आधिकारिक ट्विटर अकाउन्टमा वायुसेवा संघको मागप्रति समर्थन रहेको उल्लेख गरेको छ।  

हेर्नुहोस् विज्ञप्ति

 

प्रकाशित मिति: १४:५० बजे, बुधबार, जेठ २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्