Kathmandu Press

अनलाइनमार्फत बिनायो वादनको विश्वव्यापी प्रतियोगिता

खोटाङ, जेठ २६ : किरात राई सांस्कृतिक कलाकार संघले अनलाइनमार्फत विश्वव्यापी कोङकोङमा ९बिनायो० वादन खुला प्रतियोगिता सुरु गरेको छ। विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसका...
अनलाइनमार्फत बिनायो वादनको विश्वव्यापी प्रतियोगिता

खोटाङ, जेठ २६ : किरात राई सांस्कृतिक कलाकार संघले अनलाइनमार्फत विश्वव्यापी कोङकोङमा (बिनायो) वादन खुला प्रतियोगिता सुरु गरेको छ।

विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण अनलाइनमार्फत खुला विश्वव्यापी बिनायो प्रतियोगिता गरेको संघले जनाएको छ। लोपोन्मुख बिनायो बाजाको संरक्षण, संवर्द्धन गर्दै युवा पिँढीमा हस्तान्तरण गर्ने उद्देश्यले बिनायो वादन प्रतियोगिता आयोजना गरिएको किरात राई सांस्कृतिक कलाकार संघका सचिव पदम थुलुङले बताए।

Hardik ivf

‘कोभिड–१९ को महामारीलाई मध्यनजर गर्दै भर्चुअल कार्यक्रममा बिनायोको धुन बजाएर विश्वव्यापी अनलाइन बिनायो वादन खुला प्रतियोगिताको सुरु गरिएको छ,’ उनले भने, ‘जेठ २२ गते पर्ने आफ्नो १६औँ स्थापना दिवसका अवसर पारेर आयोजना गरिएको प्रतियोगिता दुई चरणमा सञ्चालन हुनेछन्।’

सचिव थुलुङका अनुसार पहिलो चरणमा इच्छुक प्रतियोगीले बिनायो बजाइरहेको भिडियो असार १० गतेभित्र आयोजकलाई पठाइसक्नुपर्ने छ। छनोट भएका भिडियो संघको युट्युब च्यानलमा अपलोड गरिने आयोजकले जनाएको छ।

पहिलो चरणमा छनोट भएकामध्येबाट पुनः दोस्रो चरणमा पनि बिनायो बजाइरहेको भिडियो आयोजकलाई उपलब्ध गराउनुपर्ने जनाइएको छ। दोस्रो चरणमा उपलब्ध भएको भिडियोको आधारमा फाइनल प्रतिस्पर्धा हुने संघले जनाएको छ।

बिनायो बजाएको भिडियो कम्तीमा दुई मिनेटको हुनुपर्ने र हरेक भिडियो अडियोसहितको हुनुपर्ने शर्त छ। प्रतियोगितामा जुनसुकै मुलुक र जुनसुकै समुदायका प्रतियोगी सहभागी हुन पाउनेछन्। प्रतियोगिता आगामी असारको अन्तिम साता समापन हुने आयोजकले जनाएको छ। 

प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने विजेताले क्रमशः १६ हजार, १० हजार र सात हजार रुपैयाँ पुरस्कारसहित प्रमाणपत्र प्राप्त गर्ने कार्यक्रम संयोजक रोशन चाम्लिङ राईले जानकारी दिए। कार्यक्रममा किरात राई सङ्गीत सम्मान अक्षयकोषका लागि दुई लाख २२ हजार २२२ रुपैयाँ रकम सङ्कलन भएको जनाइएको छ। (रासस)

प्रकाशित मिति: ०७:१६ बजे, बुधबार, जेठ २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्