Kathmandu Press

सोनसिकले आयोजना गरेको अनलाइन गायन प्रतियोगिता सम्पन्न

सोनसिकले आयोजना गरेको अनलाइन गायन प्रतियोगिता सम्पन्न

काठमाडौं, जेठ २५ : नेपाली विद्यार्थी समाज, दक्षिण कोरिया (सोनसिक)ले आयोजना गरेको अनलाइन गायन प्रतियोगिता सम्पन्न भएको छ।

कोरियामा बसोबास गरिरहेका विद्यार्थीहरु मात्र नभइ संगीत क्षेत्रलाई माया गर्ने सम्पूर्ण नेपालीलाई समेट्ने उद्देश्यले उक्त प्रतियोगिता आयोजना गरिएको संस्थाका सभापति राजाराम श्रेष्ठले जानकारी दिए। 

Hardik ivf

गत मे ५ देखि जुन ६ तारिखसम्म सञ्चालनमा रहेको उक्त प्रतियोगितामा हन्नेसाको मुख्य प्रायोजन रहेको उक्त कार्यक्रममा सेन्टबे, ह्यानपास, स्टेरमिट, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, दक्षिण कोरिया शाखा, निरोसा रेष्टुरेन्टको प्रायोजन  तथा हरि थापार बखत थापाको सहयोग रहेको सभापति श्रेष्ठले बताए। 

यस प्रतियोगितामा जगदीश कुमार खत्री प्रथम, तृष्णा किसुजु दोस्रो र मुना पौडेल  तृतीय भएका छन् । प्रथम, दृतिय, र तृतीय स्थान हासिल गर्न सफल प्रतियोगिहरूले क्रमशः पाच लाख वन, तीन लाख वन र दुई लाख वन पुरस्कार सँगै प्रमाण पत्र समेत वितरण गरिएको छ।
 

प्रकाशित मिति: १३:२० बजे, मंगलबार, जेठ २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्