Kathmandu Press

प्रकाश बराइलीको ‘शोकले मरिन्छ कि भोकले’ सार्वजनिक

काठमाडौं, जेठ २४ : युवा पत्रकार प्रकाश बराइलीको शब्द रचनामा कोभिड-१९ सम्बन्धी ‘शोकले मरिन्छ कि भोकले’ नामक लोकगीत सार्वजनिक भएको छ । विश्वभर महामारीको रुपमा...
प्रकाश बराइलीको ‘शोकले मरिन्छ कि भोकले’ सार्वजनिक

काठमाडौं, जेठ २४ : युवा पत्रकार प्रकाश बराइलीको शब्द रचनामा कोभिड-१९ सम्बन्धी ‘शोकले मरिन्छ कि भोकले’ नामक लोकगीत सार्वजनिक भएको छ । 

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस र पछिल्लो समय दोस्रो भेरियन्टका कारण देश आक्रान्त बनिरहेको, कोरोनाकै कारण धेरै नेपालीले अकालमै ज्यानसमेत गुमाइरहेका, कतिपय अझै पनि कोरोनासँग लडिरहेका, रोकथाम तथा नियन्त्रणका लागि देशभर निषेधाज्ञा लागू गरिएको र त्यसले जनतामा सिर्जना गरेको समस्यालाई गीतमा समावेश गरिएको छ। 

Hardik ivf

गीतमा गायक सुजन बराइलीको एकल आवाज छ। सो गीत भिडियोसहित युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ। उक्त गीतमा रमेशविक्रम रत्नको सङ्गीत रहेको छ भने रमेश सेञ्चुरीले सङ्गीत तथा मिक्सिङ गरेका छन्।

गीतको भिडियोमा पत्रकार बराइलीले नै निर्देशन तथा छायाङ्कन गर्नुभएको छ । गीतको वीरेन्द्र भाट बिपिनले सम्पादन गरेका हुन्। उक्त भिडियोमा मोडल शिवन पोखरेल र नारायण सारुको अभिनय छ।

सो गीतलाई मल्लाजी म्युजिक प्रालिले बजार व्यवस्थापन गरेको छ। 

हेर्नुस भिडियाे:

प्रकाशित मिति: १२:५२ बजे, सोमबार, जेठ २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्