Kathmandu Press

तोलामा ७ सयले बढ्यो सुनको मूल्य 

तोलामा ७ सयले बढ्यो सुनको मूल्य 

काठमाडौं, जेठ २३ : आइतबार सुनको मुल्य तोलामा ७ सय रुपैयाँले बढेको छ। गत शुक्रबार एकैदिन १५ सयले घटेको सुनको मुल्य आइतबार पुनः बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आइतबार छापावाल सुनको मुल्य तोलाको ९४ हजार एक सय रुपैयाँ तोकिएको छ। शुक्रबार छापावाल सुन ९३ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो।

आइतबारका लागि तेजावी सुनको मुल्य प्रतितोला ९३ हजार ६ सय रुपैयाँ तोकिएको छ। शुक्रबार छापावाल सुन तोलाको ९२ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।

आइतबार चाँदीको मुल्य पनि तोलामा १५ रुपैयाँले बढेको छ। शुक्रबार तोलामा १३ सय ४० रुपैयाँमा खरिद बिक्री भएको चाँदीको आइतबारको खरिद बिक्री मूल्य १३ सय ५५ रुपैयाँ तोकिएको छ।

प्रकाशित मिति: १२:२२ बजे, आइतबार, जेठ २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्