Kathmandu Press

मुनामदनलाई नयाँ स्वरुपमा प्रस्तुत गर्दै चार चेली

काठमाण्डौं, असार ९ : ‘मैले उहिल्यै धुन भरेको मुना–मदन झण्डैझण्डै भूलिसकेकी थिएँ। पलेँटीको अनुरोधले सम्झने प्रयत्न गरेकी छु। यसको रङ्ग भने ....

मुनामदनलाई नयाँ स्वरुपमा प्रस्तुत गर्दै चार चेली

काठमाण्डौं, असार ९ : ‘मैले उहिल्यै धुन भरेको मुना–मदन झण्डैझण्डै भूलिसकेकी थिएँ। पलेँटीको अनुरोधले सम्झने प्रयत्न गरेकी छु। यसको रङ्ग भने लोकले गाउँदै आएको मुनामदनकै मौलिक धुनमा आधारित छ,’ संगीतकार शान्ती ठटाल बोलिन्।

उनले मुनामदनमा संगीत भरेको वर्षौं भयो। यो पटक पलेँटी शृङ्खलामा मुनामदनलाई प्रस्तुत गर्ने तयारीमा रहेकी संगीतकार ठटालले केही स्मरण सुनाइन्।

महाकवि लक्ष्मीप्रसाद देवकोटाको लोकप्रिय कृति ‘मुनामदन’मा ठटालले सन् १९७० तिरै संगीत भरेकी थिइन्। संगीतकार ठटालकै अगुवाइमा सन् १९७७ मा गान्तोकमा यसको प्रदर्शन पनि भएको थियो।

Hardik ivf

गीति–नाटककै स्वरुपमा प्रदर्शन भएको मुनामदनको धुन भने विस्तारै उनको विस्मृतिमा गएको थियो। यसलाई जिवन्त बनाइराख्न पलेँटीको आग्रहमा ठटालले तयारी थालेकी हुन्।

पलेँटीको यो शृंखलामा संगीतकार ठटालसँगै मिरिकमा जन्मेर सिक्किमलाई कार्यथलो बनाएकी बिमला सेन्चुरी प्रधान पनि संलग्न छिन्। त्यस्तै नयाँ पुस्ताकी लोकप्रिय गायिका मिना निरौलाले पनि मुनामदनका हरफमा स्वर दिनेछिन्।

अभ्यासरत संगीतकार शान्ति ठटालको टिम।

मुनामदनको यो प्रस्तुतिमा अर्को आकर्षण थपिएको छ, भूषिता वशिष्ठ। दुई महिना अघि पलेँटीमै छन्द कविताको प्रस्तुति गरेर प्रशंसा बटुलेकी वशिष्ठ यस पटक पलेँटीमा सूत्रधारको रुपमा प्रस्तुत हुनेछिन्।

मुनामदनमा पलेँटीका संयोजक आभास, बाँसुरीवादक बलराम समालको स्वर पनि सुन्न पाइनेछ।

महाकवि देवकोटाको यो कृतिमा संगीतकार अम्बर गुरुङले संगीत भरेका थिए। त्यसलाई बचाइराख्न नपाएकोमा दुखेसो गर्दै पलेँटी संयोजक आभासले भने, ‘शान्ति दिदीले हामीलाई यसको अभिलेख राख्ने मौका दिनुभएको छ, यसले हाम्रो संगीत र साहित्यको ढुकुटीमा अनमोल रत्न थपिनेछ।’

नेपालयको ‘आर’शालामा रि¥याज गरिरहेकी ठटाल र उनको टीमलाई वाद्यवादनतर्फ किबोर्डमा दिनेश रेग्मी, तबलामा सन्देश महर्जन, गिटारमा सुरज प्रधान, प्रकसनमा सुन्दर महर्जन र बाँसुरीमा बलराम समालले साथ दिइरहेका छन्।

यहि असार १३ देखि १५ गतेसम्म साँझ ५:३० बजेदेखि कालिकास्थानस्थित नेपालयको कार्यक्रमस्थल ‘आर’शालामा मुनामदन प्रस्तुत हुनेछ।

प्रकाशित मिति: ११:०५ बजे, सोमबार, असार ९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्