नेपालमा दिगो विकासका लागि यूएनडीपी र एनसेलको साझेदारी
.jpg)
काठमाडौं, जेठ २१ : नेपालमा दिगो विकास तथा स्वस्थ जीवन र स्वच्छ शहरका लागि साइकल यात्रा अभियानको प्रवद्र्धन गर्न संयुक्त राष्ट्रसंघ विकास कार्यक्रम (यूएनडीपी) र एनसेल आजियाटा लिमिटेडले साझेदारी गरेका छन् ।
यसका लागि यूएनडीपीकी आवासीय प्रतिनिधि ऐशानी मेडा गाङ्गोडा लाबे र एनसेलका प्रमुख कार्यकाकारी अधिकृत एन्डी चोङ्ले जेठ २१ गते समझदारी पत्रमा (भर्चुअल रूपमा) हस्ताक्षर गरेका छन् । साइकल अभियानलाई ‘ग्रिनवे’ अर्थात् ‘हरितमार्ग’ एपको माध्यम लगायतबाट प्रवद्र्धन गरिनेछ ।
शहरी बासिन्दाका लागि दिगो शहरी यातायात र वातावरण–मैत्री जीवन पद्धतिको छनोट प्रवद्र्धन गर्ने उद्देश्यले यो अभियानको शुभारम्भगत पुस २०७७ बाटै भएको थियो । शहरबासीका लागि स्वच्छ, स्वस्थ र सुपथ रहेको साइकल यात्रा कसरी वैकल्पिक माध्यम हुन सक्छ भन्ने कुराको पुष्टि गर्नु अभियानको उद्देश्य हो ।
‘विश्व वातावरण दिवस २०२१’ को पूर्वसन्ध्यामा हस्ताक्षरित यस समझदारी पत्र अन्तर्गत यूएनडीपी र एनसेलले आफ्नो व्यावसायिक—सामाजिक जिम्मेवारी (सीएसआर) को हिस्साका रूपमा काठमाडौं उपत्यका बाहिरका अन्य इच्छुक शहरहरूमा समेत साइकल अभियान विस्तार गर्न सहकार्य गर्ने छन् । अभियानले स्वस्थ शहरक ालागि साइकल यात्राको नियमन, नक्सांकन, विश्वास तथा प्रोत्साहनका लागि विद्यमान प्रविधि प्रयोग गर्नेछ ।
मानिसहरूलाई प्रतिस्पर्धात्मक खेलमार्फत बढीभन्दा बढी साइकल प्रयोग गर्न उत्साहित गरिनेछ, जसले साइकल यात्रीलाई पुरस्कारसँगै प्रोत्साहित गर्ने र खेलमा सहभागी हुने तथा प्रायोजन गर्ने जस्ता वातावरण मैत्री व्यवसायलाई समेत पक्षपोषण गर्ने बताईएको छ ।











