Kathmandu Press

क्लासिक टेकको नयाँ सुविधासम्पन्न मोबाइल एप सार्वजनिक

क्लासिक टेकको नयाँ सुविधासम्पन्न मोबाइल एप सार्वजनिक

काठमाडाैं, जेठ १५ः अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकको सहजतालाई मध्यनजर गर्दै आफ्नो प्रयोगकर्ता–मैत्री नयाँ एप सार्वजनिक गरेको छ । क्लासिक टेकले नयाँ तथा आकर्षक डिजाइनमा सुविधासम्पन्न एप सार्वजनिक गरेको हो ।

कम्पनीका ग्राहकहरुले नयाँ ‘क्लासिक टेक एप’मार्फत् फोनबाटै इन्टरनेट सम्बन्धि गुनासो, सापटी, महसुल भुक्तानीलगायतका सुविधाहरु लिन सक्नेछन् । अनलाइन भुक्तानी सरल र झन्झटमुक्त बनाउन कम्पनीले नयाँ एपमार्फत नेपालमा सञ्चालित अधिकांश अनलाइन वालेटहरु ईसेवा, फोनपे, प्रभु पे, माइपे, आइएमईपेसहित डेबिट र क्रेडिट कार्डका साथै नेपाल पे र कनेक्ट आइपिएसजस्ता अग्रणी भुक्तानी प्रदायकहरु मार्फत् भुक्तानी गर्न मिल्ने बनाएको छ ।

Hardik ivf

अनलाइनमाध्यमबाट भुक्तानी गर्दा ग्राहकहरुले आकर्षक क्यासब्याक, बोनस, छुट प्राप्त गर्नुका साथै राउटर अपग्रेड समेत गर्ने सुविधा प्राप्त गर्नेछन् । एपको नयाँ इन्टरफेस नेभिगेट गर्न सहज रहेको र विभिन्न नयाँ फिचरहरु थप गरिएको कम्पनीले जनाएको छ । एप मार्फत् नै ग्राहकहरुले स्पीड टेस्ट गर्नुका साथै रिफर गर्न र सपोर्ट टिकेट खोलेर आफ्ना समस्या र गुनासो दर्ता गर्न सक्नेछन् ।

७ नयाँ आउटले थपिए

ग्राहकको सुविधालाई मध्यनजर गर्दै क्लासिक टेकले नयाँ आउटलेटपनि थप गरेको छ । गुणस्तरीय सेवा प्रदानको क्रमलाई अझ चुस्त बनाउन नयाँ आउटलेट थपिएको कम्पनीले जनाएको छ ।

कम्पनीले गैह्रीधारा, थानकोट, चाबहिल, थली, केराबारी, पुष्पलाल चोक र बुधबारेमा आउटलेट विस्तार गरेको हो । यससँगै क्लासिक टेकका कुल आउटलेटको संख्या १०४ पुगेको छ ।
 

प्रकाशित मिति: १६:५७ बजे, सोमबार, जेठ १५, २०८०
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्