Kathmandu Press

च्याटजीपीटी र गूगलसँग प्रतिस्पर्धा गर्न ट्रुथ जीपीटी ल्याउँदै एलन मस्क

च्याटजीपीटी र गूगलसँग प्रतिस्पर्धा गर्न ट्रुथ जीपीटी ल्याउँदै एलन मस्क

एजेन्सी, वैशाख ५ : एलन मस्कले ओपनएआइ र गूगलसँग प्रतिस्पर्धा गर्नका लागि ट्रुथ जीपीटी सुरु गर्ने भएका छन् । उनले फक्स न्यूजसँग अन्तरर्वाता दिँदै नोक्सानी भन्दा राम्रो बढी गर्ने एआईको ल्याउने दावी गरेका छन् ।

हालै मस्कले एआईका लागि १० हजार जिपियू खरिद गरेका थिए, जसले गर्दा उनको एआईको क्षेत्रको काम तिव्र रुपले अघि बढिरहेको बुझ्न सकिन्छ ।

Hardik ivf

मस्कले खोलेको एआई कम्पनीको नाम एक्स डट एआइ कर्प हो र उनले यससन्दर्भमा पेपरवर्कहरु पनि पूरा गरिसकेका छन् । यही रेजिस्टर गरेको कमपनी अन्तर्गत उनले ट्रुथ जीपीटी सुरु गर्ने भएका हुन् । यस कम्पनीको निर्देशकको रुपमा मस्क मात्रै रहेका छन् ।

 

प्रकाशित मिति: १७:०० बजे, मंगलबार, वैशाख ५, २०८०
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्