Kathmandu Press

आजदेखि मौसममा क्रमिक सुधार

काठमाडौं, माघ १३ : पश्चिमी वायुको प्रभावले आज देशको अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली र उच्च पहाडी तथा हिमाली भेगतिर हल्का हिमपातको संभावन....

आजदेखि मौसममा क्रमिक सुधार

काठमाडौं, माघ १३ : पश्चिमी वायुको प्रभावले आज देशको अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली र उच्च पहाडी तथा हिमाली भेगतिर हल्का हिमपातको संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले आगामी तीन दिनसम्मको मौसम पूर्वानुमानसम्बन्धी विज्ञप्ति जारी गदै आज देशभर आंशिकदेखि सामान्य बदली रही देशको पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना औंल्याएको हो ।

Hardik ivf

पश्चिमी वायुको प्रभावले गत मङ्गबारदेखि शुरु भएको वर्षा आजबाट क्रमिक सुधार हुँदै जाने मौसमविद् विभूति पोखरेलले बताए । उनका अनुसार दिउँसो देशभरिको मौसम सामान्यतयाः सफा रहनेछ । पहाडी भू–भागमा भने आंशिक बदलीको सम्भावना रहेको बताइएको छ ।

भोलि देशको पहाडी भेगमा आंशिकदेखि सामान्य बदली र बाँकी स्थानमा मौसम सामान्यतयाः सफा रहनेछ । पहाडी भेगका केही स्थानमा हल्का वर्षाको सम्भावना छ । महाशाखाको पछिल्ला विवरणअनुसार आज काठमाडौँको न्यूनतम तापक्रम ६ दशमलव ८ डिग्री सेल्सियस र अधिकतम तापक्रम १३ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको छ ।

त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस १ र अधिकतम तापक्रम ५ दशमलव २ डिग्री सेल्सियस रहेको छ । सबैभन्दा बढी अधिकतम तापक्रम विराटनगरको २६ डिग्री सेल्सियस रहेको छ ।

प्रकाशित मिति: १३:२२ बजे, आइतबार, माघ १३, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्