Kathmandu Press

चार देशमा काठमाडौंबाट नियमित उडान तालिका सार्वजनिक

काठमाडौं, जेठ २१ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले चार देशका नियमित उडान तालिका सार्वजनिक गरेको छ।मन्त्रिपरिषदको निर्णयअनुसार जेठ १८ गतेबाट लागू हुने...
चार देशमा काठमाडौंबाट नियमित उडान तालिका सार्वजनिक

काठमाडौं, जेठ २१ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले चार देशका नियमित उडान तालिका सार्वजनिक गरेको छ।

मन्त्रिपरिषदको निर्णयअनुसार जेठ १८ गतेबाट लागू हुने गरी नै तालिका सार्वजनिक गरिएको हो।

टर्किस एयरलाइन्सले इस्तानबुल–काठमाडौं–इस्तानबुल उडान गर्ने मन्त्रालयले जनाएको छ । 

त्यसैगरी नेपाल एयरलाइन्सले काठमाडौं–दोहा–काठमाडौं प्रत्येक सोमबार र काठमाडौं–दिल्ली–काठमाडौं प्रत्येक बुधबार उडान गर्दै छ।

कतार एयरवेजले दोहा–काठमाडौं–दोहा प्रत्येक सोमबार उडान हुने मन्त्रालयले जनाएको छ। एयर इन्डियाले दिल्ली–काठमाडौं–दिल्ली प्रत्येक शुक्रबार उडान भर्नेगरी मन्त्रालयले अनुमति दिएको जानकारी दिएको छ।

चीनबाट हिमालय एयरलाइन्स र चिनियाँ एयरलाइन्सले हप्ताको एक एक उडान गर्न पाउने भए पनि तालिका सार्वजनिक भएको छैन।

सरकारले विदेशबाट आउने सबैलाई १० दिन होटल क्वारेन्टिन बस्नुपर्ने बताएको छ। सरकारले यसअघि नै होटलहरुको सूची सार्वजनिक गरेको छ।

प्रकाशित मिति: १४:४३ बजे, शुक्रबार, जेठ २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्