Kathmandu Press

तोलामा १५ सयले घट्यो सुनको मूल्य

काठमाडौं, जेठ २१ : शुक्रबार सुनचाँदीको मूल्य  घटेको छ। शुक्रबार सुन प्रतितोला अधिकतम १५ सय रुपैयाँले घट्दै ९३ हजार ४०० रुपैयाँ कायम भएको नेपाल...
तोलामा १५ सयले घट्यो सुनको मूल्य

काठमाडौं, जेठ २१ : शुक्रबार सुनचाँदीको मूल्य  घटेको छ। शुक्रबार सुन प्रतितोला अधिकतम १५ सय रुपैयाँले घट्दै ९३ हजार ४०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

गत बिहीबार सुन प्रतितोला अधिकतम ९४ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

महासंघका अनुसार शुक्रबार चाँदीको मूल्य पनि ३५ रुपैयाँले घटेको छ । गत बिहीबार बजारमा प्रतितोला एक हजार ३७५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार एक हजार ३४० रुपैयाँमा कारोबार भइरहेको छ । 

प्रकाशित मिति: १२:३२ बजे, शुक्रबार, जेठ २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्