Kathmandu Press

जुलाईमा क्यानको निलम्बन फुकुवा हुन्छ : सदस्य सचिव बिष्ट

काठमाडौं, असार ८ : अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले अर्को महिना नेपाल क्रिकेट संघ (क्यान)माथि निलम्बन फुकुवा गर्ने राष्ट्रिय खेलकुद परिषद (....

जुलाईमा क्यानको निलम्बन फुकुवा हुन्छ : सदस्य सचिव बिष्ट

काठमाडौं, असार ८ : अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले अर्को महिना नेपाल क्रिकेट संघ (क्यान)माथि निलम्बन फुकुवा गर्ने राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्य सचिव केशवकुमार विष्टले बताएका छन्।

आईसीसीले क्यानलाई निलम्बन गरेको छ। जसले गर्दा क्रिकेटका राष्ट्रिय प्रतियोगिता हुन सकेका छैनन्।

सदस्य सचिवका रुपमा आफ्नो चार वर्षे कार्यकालको प्रगतिविवरणबारे जानकारी दिँदै विष्टले जुलाईमा बस्ने आईसीसीको बोर्ड बैठकले क्यानको निलम्बन फुकुवा गर्ने बताए। ‘जुलाईमा क्यानको निलम्बन फुकुवा हुन्छ,’ आज रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा विष्टले भने।

उनको कार्यकाल भोलि सकिँदै छ।

उनले क्यानको विवाद लामो समयसम्म अल्झिएर रहेकोमा असन्तुष्टि जनाए। अब विवाद समाधान नभए सकरारले नेपाल क्रिकेट बोर्ड गठन गर्नु पर्ने उनको भनाइ थियो।

एक अर्को प्रसंगमा उनले दक्षिण एसियाली खेलकुद निर्धारित समयमै हुने बताए। नेपाल १३औँ दक्षिण एसियाली खेलकुल प्रतियोगिता निर्धारित समयमा नै गर्न सक्षम रहेको बताए।

प्रकाशित मिति: १३:५३ बजे, आइतबार, असार ८, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्